८ वैशाख २०८१ शनिबार
राजनीति

‘सन्धिखर्कलाई नमूनाको सहर बनाउँछौं’

काठमाडौं– स्थानीय तहको निर्वाचनले अर्घाखाँचीलाई पनि छपक्कै छोपेको छ । अर्घाखाँचीमा प्रमुख तीन र कतै चार दलको प्रतिस्पर्धा हुने देखिएको छ । असार १४ गते हुने निर्वाचनमा कुन पार्टीले नगरपालिकाको मेयर र उपमेयर पदमा नेतृत्व गर्ला भन्ने जिज्ञासा मतदाताहरूमा तीब्र छ ।

संविधानले नै स्थानीय निर्वाचनको प्रमुख वा उपप्रमुख कुनै एउटामा महिला अनिवार्य गरेको छ । २ वटा नगरपालिका र ३ गाउँपालिका रहेको अर्घाखाँचीमा महिलाहरूको उम्मेदवारी उपप्रमुख र उपाध्यक्षमा मात्र सीमित देखिएको छ । 

सन्धिखर्क नगरपालिकाको उपमेयरमा कमला आयार्य उठेकी छन् । महिला शिक्षक समाज, नेपाल स्काउट, शिक्षक संघको केन्द्रीय कोषाधक्ष समेत भएर काम गरेकी कमला आचार्यले  २५ वर्षभन्दा बढी शिक्षण पेसामा बिताएकी छन् । सन्धिखर्क नगरपालिकाकी उपमेयर उम्मेद्वार कमला आचार्यले सन्धिखर्कलाई नेपालकै नमुना शहर बनाउने प्रतिबद्धता जनाएकी छन् । उनले आफूले जित हासिल गरे सन्धिखर्क नगरपालिकालाई ग्रिन सिटी बनाउने र वैदेशिक रोजगारीमा गएका युवाहरुलाई स्वदेशमै फर्काएर रोजगार उपलब्ध गराउने बताइन् । सन्धीखर्क नगरपालिकाकाे मेयरमा  काँग्रेसबाट कमलप्रसाद भुसाल, एमालेबाट कृष्णप्रसाद श्रेष्ठ र माअाेवादी केन्द्रबाट ठाकुर विक रहेका छन् । त्यस्तै उपमेयर तर्फ एमालेबाट र्इश्वरा पाेखरेल र माअाेवादी केन्द्रबाट कमला भुषाल रहेका छन् । 

आफ्नो कार्यकालमा नगरलाई दुध, मासु, तरकारी र अण्डामा निर्भर बनाउने, प्रत्येक वडामा सस्तो तथा सुपथ मुल्यको पसल सञ्चालन गर्ने, सन्धिखर्कका सबै घरमा एक घर एक धाराको व्यवस्था गर्ने पनि उपमेयर आचार्यले गरेकी छन् ।

सुपा देउराली, अर्घा, खाँची तथा मथुराबेसीलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने, केवलकारको सम्भाब्यताको अध्यन गरि अर्घा, खाँची र सुपा देउरालीमा केवलकार सञ्चालन गरिने उनको घोषणापत्रमा उल्लेख छ । ‘समृद्ध स्थानीय तहको अभियान सहित जिल्लाका प्रत्येक नगर, गाउँ, टोल बस्तीमा पुगेर स्थानीयका समस्या समाधान गर्छौं,’ उनले भनिन्, ‘नगरवासीलाई विकासको प्रत्याभूति हुने गरी काम थाल्छौं ।’ 

 

प्रकाशित: १ असार २०७४ ०७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App