चुनाब सार्ने देउवाको प्रस्ताव अायोगद्वारा अस्वीकार

बिहिबार, ०१ असार २०७४, १२ : ०५ नागरिक

काठमाडौं—असार १४ गतेका लागि निर्धारित दोस्रो चरणको स्थानीय तह निर्वाचन मिति सार्न निर्वाचन आयोगले अस्वीकार गरेको छ। राजपासँग बैठक गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवासहितका सत्तारुढ दलका नेताहरुले आयोगसँग तराईका केही जिल्लामा निर्वाचन सार्नेबारे छलफल गरेका हुन्।  

आयोगले चुनाब सारे 'पोलिटिकल इलेक्ट्रोरल डिजाइस्टर' हुने बताएको काँग्रेस नेता रामचन्द्र पौडेलले उल्लेख गरेका छन्। ‘प्रदेश सभा र संसदको चुनाव गर्नु पर्ने संवैधानिक बाध्यतालाई ध्यानमा राखेर अब चुनाव सार्नु भनेको ‘पोलिटिकल इलेक्ट्रोरल डिजास्टर’ हुन्छ भन्ने कुरा गर्नुभयो’, पौडेलले भनेका छन्। आयोग पदाधिकारीले राजनीतिक तहबाट चुनाब गराउने उपाय खोज्न नेताहरुलाई आग्रह भएको हो।

मुख्य दलका शीर्ष नेताहरुको बैठक दुई दिनयता बिना निष्कर्ष टुंगिरहेको अवस्थामा बिहीबारको बैठक अगाडि सरकारले आयोगसँग छलफल गरेको हो।

'भोलिका लागि उम्मेदवारी दर्ता छ र गृह मन्त्रालयले सुरक्षा दिन सक्छु भनेको छ। त्यसैले हामी सबै असार १४ को निर्वाचनका लागि तयार छौं', अायोग सदस्य नरेन्द्र दाहालले भने। बैठकमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वगृहमन्त्री विमलेन्द्र निधि पनि सहभागी थिए। बैठकमा प्रदेश नं. २ र ५ मा चुनाब सार्ने प्रस्ताव गरिएको उनले जनाए।

उपेन्द्र यादब नेतृत्वको संघीय समाजवादी फोरम, विजय गच्छदारको लोकतान्त्रिक फोरम चुनाबी अभियानमा छन्। राजपा मात्रै चुनाबविरुद्ध उभिएको स्थितिमा सरकारले सार्न प्रयास गरिरहेको हो।








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad