coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

रोपाइँ गर्दै भोट माग्दै उम्मेद्वार

भोजपुर – भोजपुर जिल्लाको दक्षिणी रामप्रसाद राई गाउँपालिकामा उम्मेदवारसहित कार्यकर्ताले रोपाइँमा सघाउँदै भोट माग्न थालेका छन् । 

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा घरदैलो कार्यक्रममा गएका नेकपा माओवादी केन्द्रका उम्मेदवारले किसान खेतबारीमा व्यस्त देखेपछि रोपाइँमा सघाउँदै भोट माग्न थालेका हुन् । २००७ सालका क्रान्तियोद्धा जननायक रामप्रसाद राईको नामबाट नामाङ्कन गरिएको यो गाउँपालिका धार्मिक, साँस्कृतिकरुपले समेत ऐतिहासिक गाउँपालिकाका रुपमा चिनिँदै आएको छ । 

जनश्रममा यतिबेला नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार थामबहादुर राई (निर्माण) सँगै उपाध्यक्षका उम्मेदवार सम्झना राई (सन्ध्या) र कार्यकर्ता किसानका खेतमा धान रोप्न र मकै दोहोर्याउन व्यस्त रहेका बताइएको छ। 

वर्षात लागेसँगै किसान खेतीपातीमा व्यस्त भएको र एक ठाउँमा बोलाएर चुनावी सभा गर्दा किसानलाई काममा बाधा पर्ने भएका कारण मतदाताको खेतबारीमै गएर काम सघाउँदै भोट माग्दा सजिलो हुने उनीहरुको भनाइ छ । 

रोपाइँ गर्दै भोट माग्ने भने अहिले सम्मकै नौलो तरिका देखिएको छ । माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार थामबहादुर राईसँग नेपाली काँग्रेसका दिनेश कार्की र नेकपा एमालेका विजय राई चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । रासस 

प्रकाशित: १ असार २०७४ ०६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App