८ वैशाख २०८१ शनिबार
राजनीति

मौसम सेलाएसँगै वीरगन्ज तात्दै

वीरगन्जको घण्टाघरमा टायर बाली नारा लगाउदै आन्दोलनकारी । तस्बिर : रितेश त्रिपाठी

विरगञ्ज – ‘पहिले संशोधन, बादमे निर्वाचन’ भन्ने नारा लगाउदै राष्ट्रिय जनता पार्टीका समर्थकहरुले बिहीवार बिहानैदेखि घण्टाघर चोकमा टायर बालेका छन् । तापमान ४० डिग्री नाघेको अवस्थामा सुरु भएको आन्दोलनमा सुरुको दुई दिन गर्मीका कारण आन्दोलन समर्थकहरु वीरगन्जमा थोरै मात्र देखिए पनि बुधवार राति पानि परेर मौसम सितल भएसंगै आन्दोलनकारीको संख्या बढेको छ । कार्यकर्ता बाहेकका सर्वसधारणको सहभागिता भने आन्दोलनमा अझै भइसकेको छैन् ।

घण्टाघर चोकमा बिहानदेखि भेला भएका आन्दोलन समर्थकहरुले टायर बाले, नाराबाजी गरे र सवारी साधन चल्नमा अवरोध गरे । कक्षा ११ को परिक्षा सुरु भएकोले उनीहरुले दिउँसो १२ बजेसम्म साना सवारीहरु चल्न दिएको बताए । ‘विद्यार्थ भाइ बहिनीहरुको परिक्षा छ ११ बजेसम्म त्यसको एक घण्टापछि सम्म हामीले साना यातायात चल्न दिएका छौं,’ राजपा नेता शशीकपुर मियाले भने, ‘त्यसपछि कडाई गर्ने हो ।’ 

पैसा लिएर मोटरसाइकलमा यात्रुलाई ओसार्ने काम गरेकाहरु माथी आन्दोलन कारीले कडाई गरेका छन् । बिहान ८ बज्नु अगाडि त्यसता २ जनालाई समातेर घण्टाघर चोकमा सार्वजिक रुपमा कुटपिट गर्दै, मोटरसाइकल फुटालेर र माफी मगाएर अन्दोलनकारीले छोडेका थिए । 

देशमा हुने हरेक चुनावमा उत्साहपूर्वक भाग लिन चाहेको मधेसी जनतालाई थिचोमिचो पारेर सरकारले र प्रमुख भनिएका दलले आन्दोलनमा होमिन बाध्य पारेको मियाँले बताए । ‘अधिकारको लडाई हो, पुरा नभएसम्म चलिरहन्छ,’ मियाँले भने, ‘यसभन्दा अगाडि मारिएका जनता थिए, अहिले आन्दोलनमा आएका पनि जनता नै हुन् ।’ विद्यालय, वित्तीय संस्था, बजार र उद्योगहरु बन्द छन् । यातायातका सवारी साधन नचल्दा सर्वसधारण मारमा परेका छन् । 

प्रकाशित: १ असार २०७४ ०५:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App