६ वैशाख २०८१ बिहीबार
खेल

प्रेमिकालाई भेटेपछि लुकास पक्राउ

मड्रिड- अदालतको निर्णय उल्लंघन गरेपछि फ्रान्सका रक्षक लुकास हर्नान्डेजलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लुकासलाई प्रेमिका एमिलिया डी ला ओएलसँग केही समयसम्म भेट्न नपाउने गरी प्रतिबन्ध लगाइएको थियो। एट्लेटिको मड्रिडका २१ वर्षे रक्षक र उनकी प्रेमिकालाई फेब्रुअरीमा हिंसात्मक कार्य गरेको भन्दै ३१ घण्टा सामुदायिक सेवा गर्नुपर्ने अदालतले निर्णय गरेको थियो। साथै लुकास र प्रेमिकालाई ६ महिनासम्म एकअर्कालाई नभेट्न आदेश दिइएको थियो। मंगलबार लुकासलाई अदालतको आदेश नमानेको भन्दै नियन्त्रणमा लिइएको हो।

प्रेमिकासँग भेट्न प्रतिबन्ध लगाइएका लुकासलाई मड्रिड विमानस्थलमा प्रेमिकासँगै भएको बेला प्रक्राउ गरिएको थियो। तर उनकी प्रेमिकालाई भने प्रक्राउ गरिएको छैन।

प्रेमिकासँग भेट्न प्रतिबन्ध लगाइएका लुकासलाई मड्रिड विमानस्थलमा प्रेमिकासँगै भएको बेला प्रक्राउ गरिएको थियो। तर उनकी प्रेमिकालाई भने प्रक्राउ गरिएको छैन। ओन्डा सिरो रेडियोका अनुसार दुवै जना बाहामासबाट बिदा मनाएर फर्कने क्रममा विमानस्थलमा देखिएका थिए।

फेब्रुअरीमा प्रेमिकासँग झगडा हुँदा लुकास प्रक्राउ परेका थिए। झगडाको क्रममा लुकासकी प्रेमिका सामान्य घाइते भएपछि अस्पताल पुगेकी थिइन्। त्यो घटनाबारे कसैले अदातलमा अपिल गरेको थिएन। तर स्पेनको कानुनअनुसार सार्वजनिक रूपमा भएका घटनामाथि सुनुवाइ गर्न कसैले मुद्दा दायर गर्नुपर्दैन।

लुकाससँगै उनका १९ वर्षे भाइ थिइओ पनि समस्यामा छन्। युवा खेलाडी थिइओ पनि एट्लेटिकोका खेलाडी हुन्। उनी एट्लेटिकोबाट रियाल मड्रिड जाने तयारीमा थिए। तर गत साता उनलाई यौनजन्य दुर्वव्यवहार गरेको आरोप लागेपछि समस्यामा परेका हुन्।

लुकास र प्रेमिकालाई ६ महिनासम्म एक अर्कालाई नभेट्न आदेश दिइएको थियो। मंगलबार लुकासलाई अदालतको आदेश नमानेको भन्दै नियन्त्रणमा लिइएको हो।

प्रकाशित: १ असार २०७४ ०४:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App