७ वैशाख २०८१ शुक्रबार
राजनीति

राजपा टसको मस भएन, बैठक निष्कर्षबिहीन

सभामुखको कार्यकक्षमा भएको चार दलका शीर्ष नेताहरुको बैठक। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं– दोस्रो चरणको निर्वाचन बिथोल्ने निर्णयसहित राजपा चुनाबमा सहभागी नहुने भएपछि सहमति खोज्न बसेको तीन मुख्य दल र राजपाका नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ। चुनाबमा सहभागी हुन संविधान संशोधनको माग पूरा गर्नुपर्ने पूर्वसर्त राख्दै आएको राजपा अडानमा टसको मस नभएपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो।

'प्रधानमन्त्री देउवाले अहिलेसम्म असार १४ गते नै चुनाब हुन्छ भन्नु भएको छ। चुनाबभन्दा अगाडि संविधान संशोधन र संख्या थपको सम्भावना छैन। अदालतले भ्याकेट पनि खारेज गरिसक्यो। चुनाबपछि त्यो विषयमा छलफल गर्न सकिन्छ भनेर हामीले कुरा राख्यौं', उनले भने।

एमाले नेता सुवाषचन्द्र नेम्वाङले बैठकमा संविधान संशोधनका विषयलाई चुनाबपछि लैजान छलफल भएको बताए। अहिले चुनाबमा जाउँ चुनाबपछि संविधान संशोधनको विषयमा छलफल गर्न सकिने एमाले नेताहरुले उल्लेख गरेकाे उनले सुनाए।

'प्रधानमन्त्री देउवाले अहिलेसम्म असार १४ गते नै चुनाब हुन्छ भन्नु भएको छ। चुनाबभन्दा अगाडि संविधान संशोधन र संख्या थपको सम्भावना छैन। अदालतले भ्याकेट पनि खारेज गरिसक्यो। चुनाबपछि त्यो विषयमा छलफल गर्न सकिन्छ भनेर हामीले कुरा राख्यौं', उनले भने।

माअाेवादी नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा राजपालाई सम्पूर्ण रुपमा चुनाबमा ल्याउन छलफल भएको थियो। 'उहाँहरुले प्राविधिक मात्र होइन राजनीतिक मुद्दाहरुलाई सम्बोधन गर्नुपर्‍यो भनिरहनु भएको छ। असार १४ गते चुनाब हुन्छ', उनले भने।

बैठक भोलि १० बजे बस्नेगरी टुंगिएको राजपा नेपालका नेता शरतसिंह भण्डारीले बताए। 'हामीले अाफ्ना कुराहरु राख्यौं। चुनाब सार्ने विषयमा केही कुरा भएको छैन', उनले भने।

सभामुखको कार्यकक्षमा भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, राजपाका नेताहरू महन्थ ठाकुर, महेन्द्र राय यादव, शरतसिंह भण्डारी सहभागी थिए। बैठकमा एमाले अध्यक्ष केपी ओली, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, सुभाषचन्द्र नेम्वाङ सहभागी थिए।

प्रकाशित: ३१ जेष्ठ २०७४ १४:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App