७ वैशाख २०८१ शुक्रबार
कला

'मिस एसइ स्टार २०१७' को उपाधी एलिजा बुढाथोकीलाई

काठमाडौं –  भवानी इन्टरटेन्मेन्टद्वारा अायाेजित ‘मिस एसइइ स्टार’ २०१७ को पहिलो संस्करणमा १५ प्रतिस्पर्धीहरुलाई पछि पार्दै एलिजा बुढाथोकीले मिस एसइइ स्टार २०१७ को उपाधी जित्न सफल भएकी   छिन् । त्यसैगरी अनुष्का मानन्धर फ्रस्ट रनर्स अप, अञ्जली शाह सेकेन्ड रनर्स अप र आयुष्मा नेपाल थर्ड रनर्स अप घोषित भएकी छिन्।

काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न उक्त कार्यक्रम फेशन शोको शैलीमा टप ७ र अन्तिम चरण गरी प्रतिस्पर्धीहरु स्टेजमा विभिन्न प्रस्तुतीहरुका साथ र्याम्पमा उत्रिएका थिए । प्रतियोगिता अन्तर्गत बेष्ट स्माईलर बेष्ट हेयर एन्जिला महर्जन, मिस पङ्चुअल कुशुम तिम्सिना, मिस डिसिप्लेन रञ्जना शाही, बेष्ट वाक आयुष्मा नेपाल, मिस पर्सनालिटी अनु कार्की, ब्यूटी विथ ब्रेन रश्मी जिरेल, मिस फोटोजेनिक शिवानी गुरुङ, मिस फ्रेन्डशिप एलिजा बुढाथोकी, पब्लिक च्वाईस अवार्ड अनु कार्की, मिस ट्यालेन्ट अञ्जली शाह, मिस इटेलेक्चुअल जेनिसा रिजाल, मिस बब्ली नाहिन्सा बानिया, मिस कन्फिडेन्टर बेष्ट ड्रेस अनुष्का मानन्धर र अर्गनाइजरस् च्वाइस दिब्या सिंह ठकुरीले बिभिन्न विधाहरुमा अवार्डहरु हात पार्न सफल भएका छन् ।

 किरात बिन्द्रको संयोजनमा कुल १५ जना प्रतियोगीहरुलाई प्रशिक्षण गरिएको थियो । प्रतियोगिताको संयोजन सगुन पाण्डेले गरेकी थिइन्।  सबैको कडापरिश्रम र राम्रो टिम वोर्कका कारण प्रतियोगिता निकै सफल भएको र आगामीदिनमा पनि ‘मिस एस।इ।इ। स्टार’ लाई अझै भब्य बनाउन भवानी इन्टरटेन्मेन्टले‘मिस एस।इ।इ। स्टार’ लाई हरेक बर्ष सिक्वेन्सको रुपमा आयोजनागर्ने आयोजक सोनित ढुंगेलले बताए ।
 

 

प्रकाशित: ३१ जेष्ठ २०७४ १२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App