८ वैशाख २०८१ शनिबार
समाज

रेलले किचेर तीन नेपालीको मृत्यु

विराटनगर – सीमावर्ती भारतको जोगवनीमा गुडिरहेको रेलबाट किचिएर गएराति तीन नेपालीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मोरङको कदमाहा–८ का २५ वर्षीय रमेश शर्मा, जुडीघाट–८ का १६ वर्षीय राजु ऋषिदेव र धनुषा सिग्याहीमडानका २६ वर्षीय विनोद यादव रहेको सीमा प्रहरी कार्यालय जोगवनीका प्रहरी नायब निरीक्षक फिरोज चौधरीले जानकारी दिए। 

प्राप्त जानकारीअनुसार मङगलबार राति ८ बजे तीनैजनालाई उनीहरु चढेको को १७ प ३६९३ नम्बरको मोटरसाइकल रेलको लिकबाट पार गर्न खोज्दा सोही समयमा तीव्रगतिमा आएको रेलले किचेको थियो । नम्बर ५५७४२ सो रेलबाट जोगवनीबाट कटिहार जाँदै थियो । 

भारतको अररियास्थित अस्पतालमा परीक्षणपछि मारिनेहरुको शव परिवारलाई बुझाइएको छ । रासस 

प्रकाशित: ३१ जेष्ठ २०७४ १२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App