७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बंगलादेशमा पहिरोमा परी मर्नेको संख्या १४७ पुग्यो

ढाका–बंगलादेशको दक्षिणपुर्वी क्षेत्रमा अत्याधिक वर्षाका कारण गएको पहिरोमा परी मृत्यु हुनेहरूको संख्या १४७ पुगेको छ । मृत्यु हुनेहरूमा ५ सैनिकहरू रहेका छन्।

तीव्र वर्षाका कारण पहिरो जाँदा रंगामती जिल्लामा मात्र ६० जनाको मृत्यु भएको उक्त जिल्लाका प्रमुखले बताएका छन् ।
मौसममा देखिएको प्रतिकुलताका कारण राहत तथा उद्धार कार्य समेत प्रभावित भएको छ । सञ्चार तथा बिजुलीको आपूर्तिको अभावका कारण पीडितहरू सँग सम्पर्क गर्न सकिएको छैन्। 

गत सोमबारबाट भएको भारी वर्षाका कारण बंगलादेशमा दुई जिल्लाहरू रंगमती तथा बन्दरवान बढी प्रभावित भएको छ । अधिकांश मृत्तकहरू समेत यीनै दुई जिल्लामा रहेका छन् । 

वर्षाका कारण बंगलादेशको राजधानी ढाका समेत प्रभावित भएको सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ । बंगलादेशमा प्रत्येक वर्ष सयौको संख्यामा मानिसहरूको मृत्यु बाढी पहिरोका कारण हुने छ । भूपरिवेष्ठित राष्ट्र भएकाले अत्याधिक वर्षा पश्चात् बाढी पहिरोको समस्या आउने गरेको छ । 

 

प्रकाशित: ३१ जेष्ठ २०७४ ११:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App