coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दैलेखमा बस दुर्घटना, ११ को मृत्यु

दैलेख – कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना४ख २९५८ नम्वरको पवनद्रुत यातायातको यात्रुवहाक बस कर्णाली राजमार्गको आठबिस नगरपालिका – ४ नयनमन्दिर नजिक बुधबार दिउँसो साँढे तीन बजे दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

साँगुरो र घुमाउँरो सडकमा बस सडकबाट कर्णाली नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्थानीयले नदीबाट ११ जनाको शव निकालेका छन् ।  शव निकालिएकाहरुमध्ये ७ जना पुरुष, ३ जना महिला र १ जना बालक रहेको  स्थानीय खगेन्द्र शाहीले जानकारी दिए । प्रहरीले  दुर्घटनामा मृत्यु भएकाहरुको विवरण नखुलेको जनाएको छ। 

बस पूर्णरुपले नदीमा डुवेकोले कति यात्रु चढेका थिए एकिन नभएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार कर्णाली राजमार्गअन्र्तगत खिड्कीज्यूलामा सडकदेखी बस तल खसेको हो । दैलेखका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बस दुर्घटनामा उद्धारका लागि प्रहरी पठाएको बताए । उनले घटनालगत्तै स्थानीयहरुले उद्धारका लागि सहयोग गरेको जानकारी दिए । 

घटनास्थलमा प्रहरी र स्थानीय मिलेर उद्धार गरिरहेका छन् । 

प्रकाशित: ३१ जेष्ठ २०७४ ११:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App