८ वैशाख २०८१ शनिबार
समाज

डा. केसी अलायन्सले बिहीबार बानेश्वरमा मौन प्रदर्शन गर्ने

काठमाडाैं– सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्सले ६०१ सांसद बनेर बिहीबार बिहान १०:३० बजे नयाँ बानेश्वरमा प्रदर्शन गर्ने भएकाे छ।

जनपक्षीय मुद्दामा ६०१ सांसदहरुले देखाएको मौनता र लाचारीपनको बिरोधमा अलायन्सले प्रदर्सन गर्न लागेको विज्ञप्ती मार्फत जनाएकाे हाे। सांकेतिक रुपमा “हामी ६०१ सांसदहरु दलाल र माफियाको साथमा छौं। त्यसैले हामी जनपक्षीय मुद्दामा चुप लाग्न बाध्य छौं,“ भन्ने खबर सर्बसाधारणमा पुराउनका लागि उक्त कार्यक्रम आयोजना गरिएको एलायन्सले जनाएकाे छ।

अलायन्सले सांकेतिक सांसदको रुपमा सबैलाई उक्त प्रदर्सनमा सहभागी हुन अनुरोध गरेको छ।

 

प्रकाशित: ५ श्रावण २०७३ ०८:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App