६ वैशाख २०८१ बिहीबार
समाज

हतियारसहित बाबुछोरा पक्राउ

रुकुम – तीन नाल भरुवा बन्दुकसहित प्रहरीले बाबुछोरालाई प्रक्राउ गरेको छ । भूमे गाउँपालिका–२, काँक्रीका कामी बुढा र उनका २० वर्षीय  छोरा करले पुन प्रहरीले पक्राउ गरेको हो ।

‘गाउँमा छलफल भइरहेका बेला एक्कासी युवाहरु बीच झडप हुँदा करले पुनले हतियार पट्काउन खोजेका थिए’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अंगुर जिसीले भने, ‘सूचनाका आधारमा प्रहरी त्यहाँ पुग्दा भागे ।’ घरबाट बन्दुक र बाबुछोरा दुबैलाई प्रक्राउ गरेको प्रहरीको भनाई छ ।

तीन बन्दुक मध्ये एक लाइसेन्स भएको र दुई अनुमति बिना राखिएको बताइएको छ । प्रहरीले अनुमति भएका पनि चुनाव अवधिभर प्रहरीलाई बुझाउन सूचना गरेको थियो । बाबु कामीले बन्दुक बनाउने गरेको समेत खुल्न आएको प्रहरी नायव उपरीक्षक जिसीले बताए । उनीहरु विरुद्ध हात हतियार खरखजना अन्तरगत मुद्दा दर्ता गरिने उनले जानकारी दिए । छलफलका बेला नारायण पुनमाथि करेल पुन सहितका केटाहरुले हातपात गरेपछि विवाद भएको थियो ।

प्रकाशित: ३१ जेष्ठ २०७४ ०८:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App