बेनीमा पहिलोपटक दृष्टिविहीनको क्रिकेट प्रतियोगिता

बुधबार, ३१ जेठ २०७४, १४ : ३४ नागरिक

म्याग्दी –  जिल्ला सदरमुकाम बेनीमा बुधबार आयोजित दृष्टिविहीनको क्रिकेट प्रतियोगितामा कास्कीस्थित नेत्रहीन क्रिकेट क्लब विजयी भएको छ । 

अमरसिंह माविमाका दृष्टिविहीन विद्यार्थी सहभागी सो क्लबले म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहीन स्रोतका विद्यार्थीे समूलाई पराजित गरेको थियो । 

बीस ओभरमा खेलाइएको प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको कास्कीको समूहले १८३ रनको लक्ष्य लिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको म्याग्दीका दृष्टिविहीनको टोली जम्मा ९२ रनमा समेटिएपछि कास्कीको टोली विजयी भएको हो। 

प्लान नेपालको सहयोग, जिल्ला शिक्षा कार्यालय र जिल्ला बाल सञ्जालको समन्वयमा अपाङ्ग सङ्घले अपाङ्गता भएका बालबालिकाको लागि जिल्लामै पहिलो पटक आयोजना गरेको खेलकुद प्रतियोगितामा दृष्टिविहीनको क्रिकेट प्रतियोगिता समावेश गरेको थियो। 

यसैगरी आयोजित बहिराबीचको फुटबलमा प्रतियोगितामा बागलुङस्थित धौलागिरि बहिरा आवासीय माविले बेनी नगरपालिका–४ सिंगामा रहेको धौलागिरि मावि बहिरा स्रोतका विद्यार्थी टोलीलाई ३ का विरुद्ध ६ गोल गर्दै विजयी भएको थियो। 

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, अपाङ्ग सङ्घ म्याग्दी शाखाका अध्यक्ष गोपाल केसीले पुरस्कार संयसक्तरुपमा क्रिकेटमा विजयी कास्कीको दृष्टिविहीनको टोलीलाई नगद रु चार हजारसहित र फुटबलमा विजयी बागलुङको बहिरा विद्यार्थीको समूहलाई नगद रु पाँच हजारसहित पदक र प्रमाणपत्र प्रदान गरेका थिए । रासस 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad