coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

शीर्ष नेतालाई भ्याइ–नभ्याई

फिदिमको सिवामा माओवादी केन्द्रले आयोजना गरेको सभालाई सम्बोधन गर्न पुगेका पूर्व मन्त्री श्रीप्रसाद जवेगु कार्यकर्तासँग ।

पाँचथर – दोश्रो चरणको स्थानीय तहको निर्वाचनको चहलपहल बढेसँगै जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने विभिन्न पार्टीका नेता तथा जिल्लाका शिर्ष नेतालाई भ्याई–नभ्याई भएको छ । विभिन्न गाउँमा सञ्चालन हुने चुनावी सभा, प्रवेश गराउने तथा घरदैलोका कार्यक्रममा शिर्ष नेताहरुको बढी खोजी हुँदा यस्तो व्यस्थता बढेको हो ।
 
अधिकतर समय राजधानीमा बस्ने केन्द्रीय तहका नेताहरु यतिवेला जिल्लामा छन् । यस्तै जिल्ला संगठनका शिर्ष नेताहरुपनि गाउँ गाउँका कार्यक्रममा व्यस्थ देखिएका छन् । झरी बादल नभनी चुनावी सभाहरुमा सम्बोधन गर्ने कार्यक्रमहरुमा नेताहरुको दौडा दौड देखिन्छ । प्रभावशाली नेताहरुबाट सम्बोधन गराई मतदाता प्रभावित पार्ने योजनाले नेताहरु व्यस्थता बढेको हो । विभिन्न किसिमका सेटिङ, सम्बोधन, आन्तरिक किचलोको  व्यवस्थापन तथा प्रतिवद्धताका लागि नेताहरु सक्रिय छन् । मतप्रभावित पार्ने तथा माहोल सृजना गर्ने काममा विहान देखि वेलुकासम्म शिर्ष नेताहरु खटिरहेको पाइन्छ । प्रतिकुल मौसमको प्रवाह नगरी नेताहरु कुदिरहेका छन् । गाउँगाउँमा सडक पुगेकाले सहज भएको छ । तर वर्षाले सडक हिलाम्मे बनाउँदा निक्कै जोखिम हुने गर्छ । पहाडको विकट भूगोलमा पनि नेताहरुले धेरे कार्यक्रमहरु भ्याइरहेको पाईन्छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद भिष्मराज आङदेम्बे चुनावीसभाहरु सम्बोधनमा व्यस्थ छन् । कांग्रेसका जिल्ला सभापति नरेन्द्र केरुङ लगायतका नेताहरु दुवै निर्वाचन क्षेत्रका कार्यक्रममा निक्कै व्यस्थ देखिन्छन् । नेकपा एमालेका केन्द्रीय सदस्य डम्मरसिंह सम्वाहाफे, वैकल्पि केन्द्रीय सदस्य तथा सांसद गणेश काम्वाङपनि जिल्लामा चुनावी कार्यक्रममा छन् । कार्यवाहक अध्यक्ष तिवेन्द्रराज चापागाई, पूर्व सासद वसन्त नेम्वाङ लगायतका नेताहरु प्रमुख वक्ताको रुपमा रहेका छन् । एमालेका जिल्ला अध्यक्ष, उपाध्यक्ष, उप–सचिव उम्मेद्वार बनेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य पूर्व मन्त्री श्रीप्रसाद जवेगु, स्थायी समिति सदस्य इन्द्र आङ्बो ‘मौसम’, जिल्ला इन्चार्ज हर्क नेम्वाङ ‘मिक्सो’ लगायतका नेताहरुपनि चुनावी कार्यक्रम सक्रिय छन् । नेकपा मालेका पोलिटब्युरो सदस्य आईन्द्र सुन्द्रर नेम्वाङ चुनावनका लागि जिल्ला बसेको एक महिना वितिसक्यो । फाल्गुनन्द–२ मा मालेलाई जिताउने योजनाका साथ उनी लागेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य सगुन सुन्दर लावती चुनावी अभियानमा छन् ।

विभिन्न पार्टीका शिर्ष नेताहरु चुनावी कार्यक्रममा छन् । फुर्सद निकाल्न नेताहरुलाई निक्कै कठिन परेको छ । लामो समय पछिको स्थानिय निर्वाचनमा नेता, कार्यकर्ता र आम मतदातामा निक्कै उत्साह छन् । चुनावमा भोट माग्न तल्लो तहका कार्यकर्तासम्म व्यस्थता बढेको छ  । यहाँका अधिकतर पार्टीहरुले आफ्ना उम्मेद्वार तय गरी सकेका छन् । संघीय समाजवादी फोरम लगायतका पार्टीको सक्रियता उत्तिकै छ । 

काँग्रेसले साना–ठूला सभार्ला जोड दिइरहेको छ ।  वार्ड, टोल तथा पालीका स्तरीय कार्यक्रम आयोजना भइरहेको छ । विभिन्न साना–ठूला सभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहको सभापति केरुङले बताए । चुनावको चाड लागेको उनको भनाई छ । काँग्रेसले घरदैलोलाई समेत अघि बढाएको छ । चुनावका लागि सवै तहलाई परिचालन गरिएको केरुङले जानकारी दिए । एमालेले दिउँसो सभा र साँझ, बिहान घरदैलो गरिरहेको कार्यवाहक अध्यक्ष चपागाईले बताए । उनका अनुसार दुवै निर्वाचन क्षेत्रमा रहेका पालिका स्तरीय कार्यक्रममा केन्द्रीय सदस्य, सासदहरुले सम्बोधन गरीरहेका छन् । मोहन बैधले नेतृत्व गरेको नेकपा–माओवादिको जिल्ला संगठन एकिकरण भएपछि नेकपा माओवादी केन्द्रले आफ्नो संगठनलाई निक्कै सुदृढ गरेको छ । पछिल्लो एक महिना देखि चुनावी कार्यक्रममा सक्रिय रहेको स्थायि कमिटि सदस्य आङ्बो बताउँछन् । 

प्रकाशित: ३१ जेष्ठ २०७४ ०७:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App