coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हावाहुरीले टहरा भत्काउँदा छ घाइते

चितवन – पूर्वी चितवनको रत्ननगर नगरपालिका–१६ पिठुवामा आज बिहान हावाहुरीले टहरा भत्काउँदा ६ जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालयका अनुसार माछा पोखरीमा काम गर्ने मजदुर सो स्थानमा अस्थायी टहरा निर्माण गरी बस्दै आएका थिए । बिहान ४ः३० बजे आएको हावाहुरीले टहरा भत्काएपछि उनीहरु घाइते भएका हुन्। 

प्रहरीका अनुसार घाइतेमध्ये ठेगाना खुल्न नसकेका अन्दाजी ४० वर्षीय लालु साह कानुको अवस्था गम्भीर छ भने सर्लाही भगवानपुरका– २९ वर्षीय राजेन्द्रकुमार राय, भारत घर बताउने ३० वर्षीय बसिर मियाँ, ३२ वर्षीय सिकेन्द्र पण्डित, १७ वर्षीय भोलाकुमार बिन र बारा जीतपुरका १७ वर्षीय किसान महतोको अवस्था भने सामान्य छ ।रासस 

प्रकाशित: ३१ जेष्ठ २०७४ ०७:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App