coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गाडी तोडफोड गर्ने राजपा नेता पक्राउ

सडकमा टायर बाल्दै बन्दकर्ता । तस्बिर : मदन ठाकुर

गौर – राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै भरतीय नम्बर प्लेट भएको जिप तोडफोड गर्ने राजपा नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सदरमुकाम गौर आउँदै गरेको बि आर २९ डी ४१४१ नम्बरको बोलेरो जिपलाई राजपा नेता तथा कार्यकर्ताहरूले पिपला भगवानपुरको बौहरवा चोकमा बन्दको अवज्ञा गरी सवारी चलाएको भन्दै जिप तोडफोड गरेका हुन्।

बन्दकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरी र बन्दकर्ताबीच सामान्य झडप समेत भएको थियो ।

पक्राउ पर्नेहरूमा राजपाका केन्द्रीय सदस्य ६४ वर्षका रामेश्वर राय यादव,  ४० वर्षीय कमलेश सिंह, जिल्ला स्तरीय कार्यकर्ता ५५ वर्षीय बच्चा चौबे रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता नविनकृष्ण भण्डारी बताए। 

राजपाले गरेको बन्दको आज दोश्रो दिन जिल्लाको मुख्य व्यापारिक केन्द्र गरुढा, कटरिया, समनपुर, शिवनगर, दंकुल, गंगा पिपला लगायतका स्थानमा  कार्यकर्ताले टायर बाली प्रदर्शन गरिरेका छन्।

बन्दका कारण सवारी चल्न नसेकेपछि यात्रुलाई गन्तव्यमा पुग्न कठिनाई भइरहेको छ। 

प्रकाशित: ३१ जेष्ठ २०७४ ०७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App