छोरी बलात्कार बाबु पक्राउ

बुधबार, ३१ जेठ २०७४, १२ : ३५ नागरिक

पाँचथर –  पाँचथर च्याङथापुका एक व्यक्तिले १७ वर्षीया आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेको छ । 

पीडितको उजुरीका आधारमा आरोपित ४६ वर्षीय बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए। 

पीडितले गत जेठ २२ गते बाबुविरुद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिएकी थिइन् । बाबुले छोरीलाई विगतदेखि नै पटक–पटक बलात्कार गर्दै आएको पीडितले बताएको प्रहरीले जनाएको छ । 

पीडितकी आमाले पाँच वर्षअघि दोस्रो विवाह गरेपछि घरमा बाबु छोरी मात्रै बस्दै आएका थिए । बाबुले पटक÷पटक बलात्कार गर्दै आएको भएपनि पीडित बालिकाले बाबुको डर तथा लाजले आफन्त, छिमेकी तथा प्रहरीलाई खबर गरेकी थिइनन् । तर, पछिल्लो पटक मादकपदार्थ सेवन गरी आएका बाबुले बलात्कार गर्नुका साथै धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । 

टाउकोमा चोट लागेकी पीडित बालिकाले पीडा सहन नसकेर आफन्त तथा छिमेकीको सहयोगमा उजुरी गरेको प्रहरीले बताएको छ । पीडित बालिकाको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाबुलाई हाडनाता करणीसम्बन्धी मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । रासस 







यसमा तपाईको मत

अन्य समाचार

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

१९७४ एडीको "निरन्तरता" (भिडियो)

१९७४ एडीको "निरन्तरता" (भिडियो)

सांगीतिक रक ब्याण्ड १९७४ एडीका पुराना सदस्यहरु रियुनाइटेड भए लगतै सांगीतिक कार्यक्रममा जुटिरहेको छ। ...

यस्तो छ दराज ११.११ सेलको फाइदा

यस्तो छ दराज ११.११ सेलको फाइदा

नेपालको अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११...

साओमीको सर्भिस सेन्टर थपिए

साओमीको सर्भिस सेन्टर थपिए

साओमीले नेपालका लागि थप आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ । ...

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ...

जनता बैंकको सहयोग

जनता बैंकको सहयोग

जनता बैंक नेपालले क्याम्पसलाई सहयोग गरेको छ । ...

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ब्रिटिस कलेजले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्राष्ट्रिय...

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

प्रोसेसरको दौडमा इन्टेल पछि पर्दै ! ...

Ncell Footer Ad