८ वैशाख २०८१ शनिबार
प्रवास

नेपालबाट अमेरिका अाएका भुटानी शरणार्थीद्वारा आत्महत्या

मृतक हरि अधिकारी

टेक्सास—अमेरिकाको टेक्सासमा एक नेपाली भाषी भुटानीले आत्महत्या गरेका छन्। भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनस्र्थापना गर्ने कार्यक्रम अन्तर्गत पूर्वी नेपालबाट अमेरिका आएका हरि अधिकारीले आत्महत्या गरेका हुन्।

बिहान काममा जाने भन्दै हिँडेका उनी स्टोरमा नपुगेपछि सोधखोज भएको थियो। घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा उनको शव भेटिएको छ।

टेक्सासको वार्डफोर्डमा रहेको कन्भिनियन्स स्टोरमा काम गर्ने उनलाई कालो बर्णका अमेरिकनले एक पटक लुटेको र पछिसम्म पैसा लिएर धम्की दिइरहेएकोेले मानसिक तनावमा रहेको हुन सक्ने सहकर्मीहरुले शंका गरेका छन्।

सहकर्मीहरुका वास्तविक कुरा नभने पनि उनी केहि समयदेखि निकै तनावमा देखिन्थे। आत्महत्यासँगै भेटिएको सुसाईड नोट र डायरीमा अधिकारीले तनावमा रहेको उल्लेख गरेका छन्।

आइतबार राति आफ्ना साथीभाइसँग सदाझैँ सामान्य गफ गरेर सुत्न गएका अधिकारी बिहान साँढे सात बजे आफ्नै घर कम्पाउन्डसँगैको रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए । बिहान सात बजे काममा जानुपर्नेमा उनको मोटर बाहिरै देखिएपछि सोधीखोजी गर्दा पत्नीले कम्पाउन्डसँगै जोडिएको रुखमा झुण्डिएको अवस्थामा देखेर तत्काल प्रहरीलाई खबर गरेकी थिइन्।

स्थानीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। मृतकको शव अहिले पोष्टमार्टमका लागी हस्पिटलमा राखिएको छ।

४३ वर्षीय अधिकारीले नेपालमा शरणार्थीको रुपमा २२ वर्ष बिताएका थिए। उनी सन् २००९ मा शरणार्थी पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका आएका थिए। मृतक अधिकारीका पत्नी, १६ वर्षीय एक छोरा र ९ वर्षीया एक छोरी छन्।

 

प्रकाशित: ३१ जेष्ठ २०७४ ०६:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App