८ वैशाख २०८१ शनिबार
अर्थ

व्युटी पार्लर व्यवसायमा आकर्षण

ललिपपुर पाटनकी फेसन डिजाइनर सन्ध्या शाक्य व्युटी पार्लर खोल्ने तयारीमा छिन् ।  नयाँ व्युटिपार्लर खोल्नकै लागि उनले छ महिना तालिम लिइरहेकी छिन् । विगतमा फेसन डिजाइन पेशा अंगालेकी शाक्यलाई व्युटी पार्लरले व्यवसायले आर्कषित ग¥यो ।
‘फेसन डिजाइन भन्दा व्युटी पार्लर अझै राम्रो लागेर तालिम लिइरहेको छु,’ शाक्यले भनिन्, ‘तालिम सक्नासाथ पार्लर खोल्छु ।’ परिवारसँगनै सल्लाह गरेर सीप सिकेको बताइन् । ‘अरुलाई राम्रो बनाउँदा आफूलाई पनि आनन्द आउँछ,’ उनले भनिन्, ‘पैसा पनि राम्रो कमाइ हुने भएकाले यो रोजेकी हुँ ।’
सौन्दर्यले सबैलाई आकर्षित गर्छ । अहिले आएर महिला मात्र नभइ पुरुष पनि पार्लर जान थालेका छन् ।आर्थिक सम्पन्नतासँगै व्युटी पार्लरमै गएर व्युटी बन्ने महिला–पुरुषको सोखले पार्लर व्यवसाय फस्टाएको छ । कम लगानी, छोटो तालिम, व्यवसाय सुरु गरेर मनग्य आम्दानी हुने भएपछि यसप्रति धेरैकोे आकर्षण बढेको हो । यसले महिलामा उद्यशिलता पनि बढाएको छ । सहरी क्षेत्रमा पार्लर खोल्ने रहर नै चलेको छ ।
नयाँ पुस्तका युवती पनि व्युटी पार्लर चलाउन लालायित छन् । व्यवस्थापनमा स्नातक गरेकी काठमाडौंकी मनिषा महर्जन पनि पार्लर खोल्नका लागि अहिले व्युटिसियन तालिम लिइरहेकी छिन् । उनलाई बैंकमा जागिर खान भन्दा व्युटीपार्लर व्यवसाय चलाउने सोख छ । ‘अरुकोमा काम गर्न भन्दा आफ्नै विजनेस गर्ने सोचमा छु,’ ललितपुरको एक पार्लरमा तालिम लिँदै गरेकी महर्जनले भनिन्, ‘धेरै सोच बिचार गरेर यो निर्णयमा पुगेकी हुँ ।’ थोरै लगानीमा अरुलाई सन्तुष्टी दिन सक्ने आफ्नो लागि राम्रो कमाई हुने पेशा व्युटी पार्लर रहेको उनको ठम्याइ छ । ‘अरुको नियन्त्रणमा काम गर्नु पनि नपर्ने,’ महर्जनले थपिन्, ‘महिलाका लागि यो उपयुक्त व्वयसाय हो ।’
ललितपुरकी जुनु चक्रधरले शिक्षकको जागिर छोडेर व्युटीपार्लर खोलेकी छिन् । उनले मासिक एक÷डेढ लाख कमाइ गर्छिन् नै २० जनालाई रोजगारी दिएकी छिन् । डेढ लाखमा सुरु गरेको पार्लरका अहिले काठमाडौंका विभिन्न ठाउँमा शाखा छन् । काठमाडौंकी महाराजगञ्ज, कलंकी र राजधानी बाहिर कलंकीमा पनि शाखा खोलेको गरेको बताइन् । ललिपुर कुपण्डोलमा रहेको जुम व्युटीपार्लरमा तालिम लिन आउनेहरूको पनि भिड हुन्छ । २५ हजार खर्चेर नौ महिना तालिम लिएपछि पार्लर खोेको जुनुले बताइन् । ‘धेरै जोमिख लिन पनि नपर्ने,’ उनले भनिन्, ‘फ्रि भएर सबैसँग हाँसीखुसी काम गर्न पाइएको छ । ‘व्यवसाय सुरु गर्दा डर पनि लागेको थियो,’ उनले भनिन्, ‘अहिले  व्युटी पार्लर धेरै महिलालाई रोजगारीको माध्यम बनेको छ ।’
महिलाहरु थ्रेडिङ, ड्रिमिङ, हेयर कटिङ, हेयर कलर, आयल मसाजलगायत विभिन्न प्रकारका मेकअप गर्नका लागि पार्लर जाने भएकाले यो व्यवसायमा आकर्षण बढेको हो । न्यूनतम डेढ÷दुई लाख लगानीमा यो व्यवसाय सुरु गर्न सकिन्छ । पार्लरमा सेवा दिए बापत न्यूनतम ३०÷३५ रुपैयाँदेखि विवाहमा मेकअप गरेको १५÷२० हजार रुपैयाँसम्म लिने गरेका छन् ।
व्युटी पार्लरका ग्राहक एकाएक बढेकाले यो व्यवसाय अझै फस्टाउने व्युटिसियनहरू बताउँछन् । लागनीमा कम जोखिमपूर्ण र नगद आम्दानी हुने भएकाले नयाँ पुस्ता व्युटिसिन पेशाप्रति उत्सुक छन् । यसमा मासिक न्यूनतम २५÷३० हजारदेखि मासिक डेढ÷ दुई लाख रुपैयाँसम्म कमाउँछन् । रोजगारी पनि दिएका छन् । स्वदेशमा मात्र नभएर विदेश जाने युवतीहरुको लागि पनि उपयुक्त बनेको छ ।  व्युटिपार्लरमा महिलामात्र नभएर पुरुषले पनि सेवा लिइरहेका छन् । पुरुषले पनि महिलालाई सेवा दिने सैलुनसमेत सञ्चालन गरेका छन् । अहिले निजी क्षेत्रमा खुलेका ट्रेनिङ इन्स्टिच्यूटमा व्युटिसियन तालिम लिनेको संख्या पनि बढ्दै गएको छ ।

 

प्रकाशित: ३१ जेष्ठ २०७४ ०४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App