८ वैशाख २०८१ शनिबार
अर्थ

फस्टाउँदै मोबाइल फोन व्यापार

नेपालको जनसंख्या भन्दा मोबाइल प्रयोगकर्ताको संख्या बढि देखिएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार जनसंख्या करिब पौने तीन करोड भए पनि नेपाली प्रयोगकर्ताको हातमा तीन करोड मोबाइल रहेका छन् । तथ्यांक विभागले २०७८ सम्ममा जनसंख्या ३ करोड पुग्ने पूर्वानुमान गरेको भए पनि अहिले जनसंख्या भन्दा धेरै मोबाइल बिक्री भएका हुन् ।
यसले मोबाइल क्रेज बढेको देखाउँछ । घरमा चर्पी नभएका नागरिकले मोबाइल फोन किनेर प्रयोग गरेको समेत देखिएको थियो । परिवारका सदस्यपिच्छे मात्र नभएर एकै व्यक्तिले दुई मोबाइल प्रयोग गर्न थालेपछि मोबाइल व्यापारले छलाङ मारेको छ ।
अघिल्ला वर्षमा चौथो स्थानमा रहेको मोबाइल व्यापार गत आर्थिक वर्षमा तेस्रो स्थानमा आएको छ । पेट्रोलियम पदार्थ, फलामपछिको तेस्रो ठूलो व्यापार मोबाइल बनेको मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनले जनाएको छ । मोबाइलको व्यापार वार्षिक ४० प्रतिशतले बढिरहेको छ ।
देशमा मोबाइल फोनका व्यापार तीव्र रूपमा बढ्दो छ । व्यवसायीका अनुसार अझै पनि झन्डै ६० प्रतिशत नेपालीले स्मार्टफोन नबोकेको व्यवसायीको आँकलन छ । आर्थिक वर्ष ०७२÷७३ मा करिब २५ अर्ब रूपैयाँको मोबाइल फोन बिक्री भएकोमा यो वर्ष करिब ३६ अर्ब रूपैयाँको व्यापार हुने देखिएको छ ।
व्यापारमा बढेसँगै यो क्षेत्रले राजस्वमा पनि उच्च योगदान पु¥याएको छ । गत आर्थिक वर्षमा सरकारलाई एक अर्ब ६५ करोड रूपैयाँ भ्याट तिरेकोमा यो वर्ष करिब दोब्बर तीन अर्ब ४० करोड भ्याट तिर्ने व्यवसायीले अनुमान गरेका छन् । व्यापार बढेसँगै यससँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हजारौंले रोजगारी पाएका छन् ।
मोबाइलमा आकर्षण बढेपछि अन्तर्राष्ट्रिय बजारमा नाम चलेका ब्राण्डले यहाँ बजार बिस्तार गरिरहेका छन् । नेपाल अहिले ४०–४५ वटा ब्रान्डका मोबाइल आयात भइरहेका छन् ।
मोबाइल बजार बढ्दै गएपछि आयातकर्ताले इम्पोर्टर्स एसोसिएसन (एमपिआइए)गठन गरेर बजार व्यवस्थित बनाउन लागेका दाबी गर्छन् । यहाँ आउने नक्कली सामाग्री नियन्त्रण, बजारलाई व्यवस्थित गरी उपभोक्तालाई ठगिनबाट रोक्न न्यूनतम र अधिकतम मूल्य निर्धारण गर्ने तयारी गरेको व्यापारीको दाबी छ । यसले सिन्डिकेट बढाउन सक्ने भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् ।
स्मार्ट फोनमा प्रयोगकर्ता अभ्यस्त भइसकेका छन् । व्यक्तित्व प्रदर्शन गर्ने माध्यम मोबाइल सेट हुन थालेको छ । आफूलाई ‘स्मार्ट’ देखाउन चाहानेले चर्चीत ब्राण्डका नयाँ संस्करण प्रयोग गर्छन् । मोबाइलमा क्यामेरा, अनलाइन टेलिभिजन, मूभी हेर्न, गीत÷संगीत सुन्न, बैंकिङ सेवा, समाचार, सामाजिक सञ्जालको प्रयोग,  इमेल, इन्टरनेट, मौसम, बजार, लोडसेडिङ तालिका, ट्राफिक जामबारे जानकारी लिन, गेम खेल्ने सहित सबै काम मोबाइलमा हुने भएकोले पनि गास, बास, कपास जस्तै मोबाइल पनि अनिवार्य आवश्यकता बनेको हो । मोबाइल फोनको प्रयोगमा विविधीकरण हुँदै गएको छ ।
मोबाइल बजारलाई व्यवस्थित गर्न सरकारले पनि अझै सघाउनुपर्ने व्यवसायीको माग छ । नेपालमा दूर सञ्चारको विकासमा समेत मोबाइलको महŒवपूर्ण भूमिका रहेको छ । नेपालको सम्पूर्ण टेलिकम्युनिकेसनको पूर्वाधारमा मोबाइलको योगदान झन्डै ९४ प्रतिशत  छ । चालू आर्थिक वर्षमा करिब साढे तीन अर्ब रूपैयाँ मोबाइल बजारको भ्याटबाट योगदान हुने व्यवसायी बताउँछन् । पछिल्लो समय माग भन्दा पनि वितरण धेरै भएका कारणले अवस्थ प्रतिस्पर्धा बढेको उनीहरूको भनाइ छ ।
बजारमा विदेशी ब्रान्ड भिœयाउने होड चलेको छ । प्रत्येक महिना नयाँ ब्रान्ड नेपाल भित्रिरहेका छन् । मोबाइल आयातमा भने सितिमिति व्यापारीको सिन्डिकेट रहेको बिक्रेताले आरोप लगाएका छन् । उपभोक्तालाई अझै सस्तोमा मोबाइल उपलब्ध गराउन आयातमा एकाधिकार अन्त्य हुनुपर्ने नेपाल मोबाइल व्यवसायी संघले माग गर्दै आएको छ । मोबाइल बजार बढ्दै जाँदा गुणस्तर, सेवा र सुरक्षाका चुनौती थपिँदै गएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

प्रकाशित: ३१ जेष्ठ २०७४ ०४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App