काठमाडौं-मुलुकको सबैभन्दा जेठो दूरसंचार कम्पनी नेपाल टेलिकमले ७५ जिल्लामै तेस्रो पुस्ताको मोबाइल इन्टरनेट (थ्रिजी) पु¥याइसकेको छ । निजी क्षेत्रको अर्को ठूलो कम्पनी एनसेलले निकट भविष्य मै हजार ग्रामिण गाउँमा थ्रिजी इन्टरनेट पु¥याउने घोषणा गरिसकेको छ । उसले त ‘डिजिटल नेपाल’ बनाउने भन्दै अर्बौं रुपैयाँ लगानी गर्ने घोषणा समेत गरिसकेको छ ।
दुबै कम्पनीले फोरजी सेवा समेत सुरु गरिसकेका छन् । अन्य संचार सेवा प्रदायक कम्पनीले समेत नेपाललाई डिजिटल प्रविधिबाट जोड्ने घोषणा गर्दै बजार विस्तार गरिरहेका छन् । दूरसंचारको विकास र मोबाइल प्रविधिको विभिन्न ‘आविस्कार’ले देशका विकट गाउँघरलाई सेमत विश्व डिजिटल ‘मेनस्ट्रिम’सँग जोडिरहेको छ ।
‘इन्टरनेटको विकासले देशमा आर्थिक विकासमा सहयोग पुगेको छ,’ नेपाल टेलिकमका सह–प्रवक्ता शोभन अधिकारीले भने, ‘गाउँगाउँमा पुगेको थ्रिजी प्रविधिले आम उपभोक्ताको जीवनशैलीमा फरकपन ल्याइदिएको छ ।’ आम उपभोक्ताकै जीवनशैलीमा फरकपन ल्याउन मोबाइल र यससँग जोडिएको प्रविधिले मुख्य भूमिका खेलेको छ ।
संचारको पहिलो तत्व भनेको डिभाइस अर्थात् मोबाइल सेट हो । त्यसपछि आउँछ त्यसमा जोडिएका प्रविधि । साथै, मुलुका विकास भएका दूरसञ्चार कम्पनी र तिनीहरूले ल्याएका इन्टरनेटको विकासले उपभोक्ताको जीवनशैलीलाई फरकपन ल्याएको छ । नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले ग्रामिण क्षेत्रमा दूरसञ्चार विकास गर्ने भन्दै ल्याएको ब्रोडव्यान्ड कार्यक्रमले डिजिटल नेपाल बनाउन थप सहयोग पुग्ने विश्वास लिइएको छ ।
अहिले मुलुकमा धेरै व्यक्तिका हातमा मोबाइल छ । धेरैले कम्पनी अनुसार कम्तिमा दुईवटा सिम बोकेका छन् । थ्रिजी प्रविधिको तिब्र गतिको इन्टरनेटको प्रयोगले व्यवसायलाई समेत सहयोग गरेको अधिकारीको भनाइ छ । उनका अनुसार अनलाइन सपिङ, इ–पेमेन्ट, इ–बैंकिङ जस्ता व्यवसायलाई सहयोग पुगेको छ । पछिल्लो सयम इन्टरनेट, मोबाइल प्रविधिले ‘आइसिटी फर डेभलपमेन्ट’ भन्ने भनाइलाई पुष्टिगर्दै गएको छ।
थ्रिजी र फोरजीको विकासले ‘मार्केट रिच’ भएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन् । ‘पहिला भ्वाइस वा टेक्स्ट च्याट मात्र हुन्थ्यो,’ वैद्यले भनिन्, ‘अहिले भिडियो कलसँगै व्यवसायिक गतिविधि पनि बढेको छ ।’
पछिल्लो समय भएको दूरसंचारको विकासले मान्छको जीवनशैली ‘फास्ट’ भएको छ । समयको बचत छ भने कतिपय अवस्थामा समयको थप ख्याल गर्नु पर्ने अवस्थमा समेत रहेको छ ।
प्राधिकरणले ग्रामिण क्षेत्रका प्रत्येक वार्डमा इन्टरनेट पु¥याउने कार्यक्रम समेत घोषणा गरिसकेको छ । उसले प्रत्येक गाउँपालिकालाई ब्रोडव्यान्डले जोड्ने घोषणा समेत गरेको छ । ग्रामिण क्षेत्रमा अप्टिकल फाइबर विछ्याउने काम पनि गरिरहेको छ । ग्रामिण क्षेत्रका भएको ब्रोडव्यान्ड विकासले मुलुकको कुल गार्हस्थ्य उत्पादन बढाउन समेत सहयोग गर्ने प्राधिकरणले विश्वास लिएको छ । यति मात्र होइन, विश्वमान चित्रमा नेपालमा सूचना प्रविधि विकासमा माथी उकास्न समेत सहयोग गर्नेछ ।
मुलुकमा मोबाइल फोन आएको झन्डै दुई दशक भइसकेको छ । दुई दशकको अन्तरालमा दूरसञ्चार र मोबाइल प्रविधिमा धेरै फरक आइसकेको छ । मोबाइल नबोक्ने हो भने काममा बाधामात्र होइन, चल्दै नचल्ने जस्तो भएको छ । एक दशकअघिसम्म मोबाइल बोक्ने मान्छे देख्दा अचम्म लाग्थ्यो, अहिले मोबाइल नबोक्ने देख्दा अचम्म लाग्छ ।
छोटो समयमा नेपालीको जीवनशैली फेरिनुमा नेपालीको प्रविधिमा पहुँच पुग्नु पनि हो । प्रविधि र सेवा शुल्क सस्तो हँुदै जाँदा सर्वसाधारणको पहुँचमा मोबाइल आइसकेको छ । हत्तपत्त कसैले पनि मोबाइल किन्ने आँट गर्दैनथे । अहिले यो अवस्था रहेन । सामान्य नेपालीले किन्न सक्ने मोबाइल बजारमा उपलब्ध छन् ।
यसो हुनुमा सस्तो प्रविधि, मोबाइलमा इन्टरनेट र थप सुविधाका साथै विदेशसम्म नेपाली विस्तारले मोबाइलमा उपभोक्ताको आकर्षण बढेको छ । पहिलो कुरा त मोबाइल नै यति धेरै सस्तोसम्म पाइने भयो कि संसारका कुनै गरिब मुलुकका बासिन्दाले किन्न सक्ने भए । त्यसैगरी दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू पनि बढेका छन् । उनीहरूबीचको ग्राहक तान्ने प्रतिस्पर्धाले सेवा शुल्क सस्तो हुँदै गएको छ । कम्पनीहरूले विभिन्न प्याकेज, इन्टरनेट जस्ता अतिरिक्त सुविधा उपलब्ध गराउँदा मोबाइल सर्वसाधारण्को आकर्षण बनेको छ ।
अहिले मोबाइल फोन गर्ने र उठाउने मात्र सिमीत रहेन । यसमा इन्टरनेटको सुविधा, विभिन्न एप्लिकेसनले उपभोक्ताको काम सघाइरहेका छन् । ‘मोबाइल प्रविधिको प्रयोगबाट लोक कन्टेन उत्पादन भइरहेका छन्,’ अधिकारीले भने, ‘मनोरञ्जन, सूचना, शिक्षालगायत कन्टेन्ट मोबाइलबाट प्रयोग गर्न सकिने भएको छ ।’
मोबाइल प्रविधिमा आम नेपालीको पहुँच बढ्नुमा विश्वका कुनाकुनामा रोजगारीको लागि पुगको युवाहरू पनि हुन । यी युवाबाट वार्षिक अर्बौं रेमिटेन्स भिœयाइरहेका छन् । चालु आर्थिक वर्षको प्रथम १० महिनामा विदेशबा ५ खर्बभन्दा धेरै रेमिट्यान्स देशभित्र आइसकेको छ । रेमिटेन्ससँगै मोबाइलका सेट पनि भित्रिरहेका छन् । विदेशमा पुगेका आफन्तसँगको सम्पर्कमाध्यम भनेकै मोबाइल बनेको छ । प्रत्येक घरमा उतैबाट मोबाइल आउँछ, या त नेपालमै पनि जुनसुकै मूल्यमा किन्न पाइने भएको छ ।
व्यवसायी दिपक मल्होत्राले विसं. २०५३ ताका नेपालमा मोबाइल हेन्ड सेट आयात गर्न सुरु गरेका थिए । त्यहीबेला छिमेकी देश भारतमा पनि पहिलोपटक मोबाइल सेट सार्वजनिक भएको थियो । भारतसँगै नेपालमा पनि एरिक्सन, पानासोनिक, नोकिया, मोटोरोला जस्ता ब्रान्डका मोबाइल आउन थाले । भारतमा भन्सार धेरै महँगो भएकाले नेपालमा आउने पर्यटकले यहाँ मोबाइल किनेर लाने गरेका थिए । विसं. २०५८ बाट मल्होत्राले सामसङ मोबाइल आयात गर्न थालेका थिए । त्यसपछि अन्य व्यवसायीले पनि विभिन्न ब्रान्डको मोबाइल ल्याउन थाले ।
नेपालको दूरसञ्चारको इतिहास हेर्न बिक्रमको १९७० सालसम्म पुग्नु पर्छ । जुन बेला राणा शासनले आफ्नो प्रयोगको लागि टेलिफोन सेवा नेपालमा ल्याएका थिए । सर्वसाधारणका लागि टेलिफोन सेवा प्रयोग गर्न अनुमति थिएन । देशमा भित्रिएको टेलिफोन सेवा सर्वसाधारणले प्रयोग गर्न झन्डै ४२ वर्ष लाग्यो । देशमा आएको प्रजातान्त्रिक परिवर्तनसँगै २०१२ सालदेखि मात्र सर्वसाधारणले टेलिफोन प्रयोग गर्न पाएका हुन् ।
विश्वमा आएको मोबाइल फोनको बढ्दो प्रयोगलाई पछ्याउँदै नेपाल टेलिकमले २०५५ सालमा पहिलोपटक मोबाइल फोन सेवाको सुरुवात गरेको थियो ।
उपभोक्तालाई मोबाइल फोन बोक्नु भनेको एक विलासिताको साधन जस्तो थियो । सेवा पनि उत्तिकै महँगो । फोन गरेको मात्र होइन, उठाएको समेत पैसा लाग्थ्यो ग्राहकलाई । एक कल फोन गरेको ८ रुपैयाँ र रिसिभ गरेको ४ रुपैयाँको हाराहारी शुल्क लाथ्यो ।
त्यसरी सुरु भएको मोबाइल सेवा अहिले हरेक व्यक्तिको जीवनशैली बनेको छ । २०५८ सालमा पहिलोपटक सामसङ मोबाइल ल्याँउदा वर्षमा ४–५ हजार सेट पनि बिक्री हुँदैनथ्यो । अहिले महिनाकै लाखौं मोबाइल बिक्री हुन्छन् ।
नेपालमै सस्तो र राम्रो मोबाइल पाइने भएपछि विदेश पुगेका पनि काठमाडौंमै आएर मोबाइल किन्न सुरु गरेकका छन् । व्यवसायीका अनुसार काठमाडौंमै सम्पूर्ण नेपालीले किन्नसक्ने खालका मोबाइल छन् । विदेशबाट आएकाले पनि पाको न्युरोड आएर मोबाइल किन्न थालेका छन् ।
व्यवसायीका अनुसार अहिले बजारमा मध्यमस्तरका मोबाइलको माग धेरै छ । बजारमा १ हजारदेखि १ लाख रुपैयाँसम्मका हरेक ब्रान्डका मोबाइल उपलब्ध छन् । सामसुङ, सोनी, नोकिया, कलर्स, ह्वावे, जियोनी, एप्पल, इन्टेक्स, डिटिसी, माइक्रोम्याक्स, माइक्रोसफ्ट, एचटिसी, ब्ल्याकबेरी, पानासोनिक, लेनोभो, सेलकोन, लाभा, बिक्यु, जोलो, विनकम, फ्लाई, भिडियोकन, बर्डलगायत मोबाइल ब्रान्ड नेपाली बजारमा उपलब्ध छन् । व्यवसायीका अनुसार हाल ४२ भन्दा धेरै ब्रान्डका मोबाइल बजारमा उपलब्ध छन् ।
यीमध्ये १० हजारदेखि २० हजारसम्मका मोबाइलमा नेपालीको रुचिमा पर्छन् । व्यवसायीका अनुसार ६० प्रतिशत मोबाइल यही रेन्जमा बिक्री भइरहेका छन् । २–३ वर्षको अवधिमा मोबाइल व्यवसायको बृद्धि ४० प्रतिशत रहेको छ । अहिले देशमा ११३.६८ प्रतिशतको मोबाइल पेनिट्रेसन रहेको तथ्यांकमा देखिएको छ ।
प्रकाशित: ३१ जेष्ठ २०७४ ०४:३३ बुधबार