रगत अनि रक्तदान

बुधबार, ३१ जेठ २०७४, ०८ : ५२ डा. सुमनराज ताम्राकार

88


डा. सुमनराज ताम्राकार

 रगत के हो ?

रगतको माध्यमले शरीरभित्र पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, एन्टिबडी (रोगसँग लड्ने तत्व) त्यसैगरी कार्बन डाइअक्साइड, युरिया जस्तो विकार तत्वको ओसारपसार हुन्छ । रगतमा तीन प्रकारका कोष हुन्छन्– रातो रक्तकण, श्वेत रक्तकण र प्लेटलेट्स । यी प्रत्येक कोषको काम फरक छ । रातो रक्तकणले अक्सिजन तथा कार्बनडाइअक्साइड यताउति गर्न, श्वेत रक्तकणले रोगसँग लड्न तथा प्लेटलेट्सले रगत जम्ने कार्यमा मद्दत गर्छ । 

शारीरिक तौलको ७ प्रतिशत भाग रगत हुन्छ । रगतको ६० प्रतिशत भाग झोल (प्लाज्मा) हुन्छ । प्लाज्माको ९० प्रतिशत भाग पानी र १० प्रतिशत भाग पोषक तत्व हुन्छ । रगतको बाँकी ४० प्रतिशत भने ठोस पदार्थ (जसमा रातो रक्तकण, श्वेत रक्तकण र प्लेटलेट्स) हुन्छ ।

रगत किन ?

दुर्घटना, अधिक रक्तश्राव, प्रसूति व्यथा, मुटु मस्तिष्कलगायत शल्यक्रियामा रगत जरुरत पर्छ। त्यसैगरी थालासेमिया, ल्युकेमियालगायतका रक्त क्यान्सर, हेमोफिलिया तथा रक्तअल्पता जस्ता रगतका समस्यामा पनि तारन्तार रगत जरुरत पर्छ । समयक्रमसँगै नेपालमा जटिलखालको शल्यक्रिया गर्ने क्रम बढ्दो छ। नशा, मस्तिष्क र मुटुसम्बन्धी शल्यक्रियामा रगत बढी चाहिने हुन्छ, यसको अभावमा कतिपय बेला अपरेसन नै सार्नुपर्ने हुन्छ । केही समयदेखि नेपालमा विशेषतः सडक दुर्घटना बढ्दै गरेको, बेलाबेलामा बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक प्रकोप आउने गरेको, अनियन्त्रित गर्भधारण, अनिच्छित्त गर्भका कारण गर्भ पतन गर्नेको संख्या बढेको, सिजेरियन अपरेसनबाट बच्चा पाउन गरेको (पछिपछि पनि सिजेरियन अपरेसन दोहोर्‍याउनुपर्ने) जस्ता कारण रगतको आवश्यकता बढ्दै गएको छ। 

रक्तदान किन ?

आधुनिक चिकित्सामा जतिसुकै विकास भए पनि हालसम्म रगत भने कृत्रिम तरिकाले बनाउन सकेको छैन । त्यसैले आवश्यक व्यक्तिलाई रगतको दिनुपरेमा रक्तदान नै एकमात्र उपाय हो । मानव शरीरमा पुरानो रगतको क्षय हुने प्रक्रिया नियमितरूपमा भई नै रहन्छ, त्यसैले त्यत्तिकै खेर जाने रगत नियमित रक्तदान गर्दा कुनै फरक पर्दैन अर्थात् कुनै हानि हुँदैन । स्वास्थ्यसम्बन्धी अन्य कार्यक्रम भन्दा रक्तदान आयोजना गर्न, व्यवस्थापन गर्न तुलनात्मकरूपमा सजिलो छ । बैंक, सहकारी, रेडक्रस, क्लब आदिले विभिन्न कार्यक्रममा रक्तदान गराउने कारण यो पनि हो ।

रक्तदान कसले गर्ने ?

रक्तदान गर्ने व्यक्तिको उमेर १८ देखि ६० वर्ष हुनुपर्छ भने रक्तदाताको तौल ४५ किलोग्राम माथिको हुनुपर्छ। रक्तदाता मलेरिया (औलो), कुनै प्रकारको यौनरोग, जन्डिस, चिनी रोग, एड्स, क्षयरोग लागेको हुनुहुँदैन । रक्तदान गर्दा रक्सी वा अन्य कुनै लागुपदार्थ सेवन गरेको हुनुहुँदैन । त्यसैगरी रक्तदाताले पछिल्लो तीन महिना रक्तदान नगरेको हुनुपर्छ । गर्भवती, स्तनपान गराइरहेकी (सुत्केरीको ६ महिनासम्म), महिनावरी भइरहेकाले पनि रक्तदान गर्नुहुँदैन । रक्तदान गर्ने बेलामा रक्तदाताको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुनुहुँदैन । रक्सी सेवनको २४ घण्टाभित्र रक्तदान गर्नुहुँदैन ।

एकपटकमा आधा लिटर होइन, केवल ३५० मिलिलिटरमात्र निकाल्ने गरिन्छ । जुन कुल तौलको २० औं भागमात्र हो । रक्तदान गरेपछिको २४ घण्टाभित्र शरीरले तरल भागले भए पनि परिपूर्ति गर्छ । यसरी संकलित रगत ब्लड बैंकमा ३–४ सातासम्म सुरक्षित राख्न सकिन्छ । रक्तदान गर्नु तीन घण्टाअगाडि पोषिलो खाना खानु राम्रो हुन्छ । त्यसैगरी रक्तदान गरेपछि खाजा तथा जुस ख्वाउने चलन राम्रो हो ।

रक्तदान सम्बन्धी कतिपय गलत धारणा व्याप्त छ । यदि झोलिलो तथा पौष्टिक खानेकुरा खाएमा रक्तदानपछि यसको कारणले कुनै थकाइ लाग्दैन । रक्तदानकै कारणले रगत कम हुँदैन। सियो राखेको ठाउँमा बाहेक कुनै किसिमको दुखाइ हुँदैन । रक्तदानले बेहोस गराउँदैन । रक्तदानबाट एड्स सर्दैन । किनकि यतिबेला राम्ररी पकाइएको सियो प्रयोग गरिन्छ जुन दोस्रो व्यक्तिमा प्रयोग नै गरिन्न ।

ब्लड ग्रुप भनेको ?

सामान्यतया रगत समूह दुई तरिकाले गनिन्छ । पहिलो ए, बि, ओ तथा एबी र दोस्रो पोजिटिभ र निगेटिभ । रेसस माकासस जातको बाँदरको रगतमा पाइने तत्व मानिसको रगतमा भएमा त्यस्तो रगतको समूहलाई आरएच पोजिटिभ, नभएमा आरएच निगेटिभ समूहको भनिन्छ । त्यसपछि रगतमा पाइने एन्टिजेनको उपलब्धताका आधारमा अन्य समूहमा विभाजन गर्ने गरिएको छ । कुनै प्रकारको एन्टिजेन नभएमा ओ, एन्टिजेनअनुसार ए, बि र दुवै प्रकारको एन्टिजेन भएमा एबी भनिन्छ । नेपालीमध्ये ३५ देखि ४० प्रतिशत ए पोजिटिभ, २९ प्रतिशत ओ पोजिटिभ, २७ प्रतिशत बि पोजिटिभ र १० देखि १२ प्रतिशत एबी पोजिटिभ रगत समूहका छन् ।

रक्तसञ्चारको तथ्यांकअनुसार ९९.४ प्रतिशत नेपाली पोजिटिभ समूहको छ भने ०.६ प्रतिशतको निगेटिभ रगत समूह छ । अर्थात् नेपालमा २०० जना व्यक्तिमा एकजनाको रगत समूह निगेटिभ छ । त्यसैले आरएच निगेटिभ समूह विरल छ भन्दा हुन्छ । नेपालमा कमै संख्यामा पाइने भएकाले १५ वर्षअगाडि दुर्लभ रक्तदाता समूह भनेर एक संस्था खोलिएकामा यसबाट उक्त रगत समूह भएकामा नकारात्मक धारणा पैदा भएका कारण अहिले फ्रेन्ड्स अफ आरएच निगेटिभ ब्लड ग्रुप भनी नामाकरण गरिएको छ ।

पहिले यो संख्या ०.६ प्रतिशतमात्र भए पनि हालैको तथ्यांकअनुसार यो बढेर २ प्रतिशत भएको छ । भारतमा आरएच निगेटिभ समूह ३ प्रतिशत, युरोपमा १४ प्रतिशत र अमेरिकामा १८ प्रतिशत छ । त्यसैले पनि रक्तसञ्चार केन्द्रले निगेटिभ रगत समूह भएका व्यक्तिको नाम, ठेगाना मोबाइल सम्पर्क नम्बरलगायत लगत राख्ने र यसलाई अद्यावधिक गर्ने गरेको छ । हालका दिनमा यस्तै आवश्यक पर्दा एफएम, मोबाइल, एसएमएसबाट निगेटिभ समूहको इन्तजाम गर्न सकिन्छ । त्यसमध्ये पनि ओ निगेटिभ समूहको रगत पाउन झनै गाह्रो छ । किनकि ओ निगेटिभलाई युनिभर्सल डोनर भनिन्छ यस्तो रगत निकै हतार भएको बेला जुनसुकै रगत समूहको लाई र नजाँचिकनै दिन सकिन्छ । तर यस्तो अवस्थामा यौन तथा अन्य सरुवा रोग सर्ने सम्भावना भने रहन्छ ।

 







यसमा तपाईको मत


अन्य समाचार

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

गुगल प्लसको अन्त्य

गुगल प्लसको अन्त्य

सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...