८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

जिका भाइरसबारे विज्ञ थप चिन्तित

अमेरिका–एक वृद्धाको जिका भाइरस संक्रमित भई मृत्यु भएपछि अमेरिकाका स्वास्थ विज्ञहरु थप चिन्तित बनेका छन्। हालसम्म लामखुट्टेको टोकाई तथा यौनसम्पर्कबाट जिका भाइरस फैलेने खतरा रहेको बताइएको थियो। साथै गर्भवती आमाबाट बच्चामा उक्त भाइसर गर्भमा नै सर्ने खतरा रहेको विश्वास गरिएको थियो।

तर अमेरिकाका उड्थ डिमार्टमेन्ट अफ हेन्थका एक स्वास्थकर्मीमाथि उल्लेखित कुनै संक्रमण विना नै जिका भाइरसका कारण मृत्यु भएको छ।अमेरिकी अधिकारीहरुले यस विषयमा थप अनुसन्धान भइरहेको बताएका छन्। उनीहरुले एक मानिसबाट अर्को मानिसमा विना यौनसम्पर्कपनि जिका भाइरस सर्न सक्ने भएकाले थप चिन्तित भएको बताएका छन्।

यता दि सेन्टर फर डिजिज कन्ट्रोलले गत जुनमा मृत्यु भएका उक्त स्वास्थर्कीले संक्रमित क्षेत्रको भ्रमण गरेको र उनीहरुमा लामख्ट््टेका टोकाइबाट जिका भाइरसको संक्रमण रहेको भन्दै तत्काल उपचार सुरु गर्न पत्राचार गरेको बताएको छ।

त्यस्तै साल्ट लेक कन्ट्री हेल्थ डिर्पार्टमेन्टका प्रमुख ग्यारी एड्वार्डसले भने, ‘मृत्यु भएका स्वास्थकर्मीले संक्रमित बिरामी भेटेको तर उनीसँग कुन प्रकारको संगत भएको भनि थप अनुसन्धानको विषय हो।’ उनले उड्थ क्षेत्रमा भएका लामख्ट्टेमा जिका भाइरस भए नभएको बारे परिक्षण गरी थप अनुसन्धान गरिने बताए । सिडिसिका विज्ञ डा. इरिन स्टप्लेसले यो घटनाले आफूहरुले जिका भाइरसका बारेमा थप अध्ययन गर्न बाँकी रहेको पुष्टि गरेको बताए।

 

प्रकाशित: ५ श्रावण २०७३ ०६:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App