coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

एम्वुलेन्स दुर्घटनामा विरामी बालिकाको मृत्यु

इटहरी- स्थानीय तहको आउँदो असार १४ गते हुन लागेको निर्वाचनअघि नै संविधान संशोधन हुनुपर्ने माग राखेर राष्ट्रिय जनता पार्टी (राजपा) ले मंगलबार बन्द आह्वान गर्‍यो। राजपाले आह्वान गरेको बन्दले गर्दा सिरहामा यातायातका साधन नचल्दा एक जना बिरामी बालिकालाई एम्बुलेन्समार्फत धरानमा अस्पताल ल्याइयो । अस्पताल ल्याउने क्रममा सुनसरीको इटहरीमा एम्बुलेन्स दुर्घटना हुँदा ती बालिकाको मृत्यु भएको छ।

                दुईं दिनअघिदेखि सिरहा गोलबजार वडा नं. ११ की कविता उरावकी ६ बर्षीया छोरी भूमिलाई पेट दुख्ने समस्या सुरु भएको थियो । मंगलबार बिहान पेट दुख्नने समस्याले भूमिका  सिकिस्त भइन्। सार्वजनिक सवारी साधन नचल्दा स १ च ११९० नम्बरको एम्बुलेन्समा धरान उपचार गर्न ल्याउँदा दुर्घटनामा परि इटहरीमा मृत्यु हुन पुग्यो ।

 ‘गाडी नचलेपछि एम्बुलेन्समा लगियौं, अस्पताल पुर्‍याउन नपाइकन मृत्यु हुन पुग्यो,’ मृतक बालिकाका ठूलोबाबु श्यामकुमार उरावले टेलिफोनमा भने । एम्बुलेन्सले ना ३ ख ७१४४ नम्बरको टिप्परलाई ओभरटेक गर्ने क्रममा अचानक पल्टिदा दुर्घटना भएको थियो । बिहान १० बजे भएको दुर्घटनामा परि बालिका भूमिकाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

प्रकाशित: ३० जेष्ठ २०७४ १४:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App