coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मुख्य दलका शीर्ष नेताको बैठक निष्कर्षबिहीन

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) ले स्थानीय तह निर्वाचनमा भाग नलिने भनेपछि प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका शीर्ष नेताहरुबीच मंगलबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ। सभामुखको कार्यकक्षमा सत्तारुढ कांग्रेस, माओवादी, फोरम लोकतान्त्रिक र एमालेका शीर्ष नेताहरुबीच भएको बैठकमा घुमाउरो रुपमा निर्वाचन सार्न प्रस्ताव गरिएको छ।

काँग्रेस बरिष्ठ नेता रामचन्द्र पाैडेलका अनुसार बैठकमा चुनाब कसरी सहज बनाउन सकिन्छ भन्ने बारे छलफल भएको थियो।

'चुनाब कसरी सहज बनाउन सकिन्छ। फेरि उहाँहरुसँग कुरा गर्ने कि भनेर कुराकानी भयो। चुनाब सार्ने होइन। उहाँहरुलाई यही चुनाबमा कसरी सहभागी गराउने भनेर कुराकानी भएको छ', बैठकबाट बाहिरिँदै पाैडेलले भने।

घुमाउरो पारामा चुनाब सार्न प्रस्ताव : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठकमा सत्ता पक्षले स्पष्ट बताउन नसके पनि घुमाउरो पाराले बैठक सार्न प्रस्ताव गरेको बताए। 'बैठकमा बोलाउँदा हामीले सोचेका थियौं चुनाब कसरी सम्पन्न गराउने भन्ने पहिलो चरणको अनुभवलाई लिएर कसरी दोस्रो चरणमा कुनै कतै मतपत्र च्यातिने स्थिति नहोस् भन्नका लागि बोलाएको होला भन्ने तर यहाँ आउँदाखेरि त उहाँहरु भन्न भन्न खोज्ने भन्न नसक्ने। स्थिति अलि जटील पो छ भन्ने। भन्न भन्न खोज्यो फेरि कुरा अड्किन्छ। सार्न खोजेको हो कि नगराउन स्पष्ट आएन', ओलीले भने।

यसअघि पटक पटक सारिएको स्थानीय तहको निर्वाचन अब असार १४ मै गर्नुपर्ने उनले बताए। 'अब असार १४ गते नै हुनुपर्छ। अब हामीसँग समय थोरै छ। यो निर्वाचन सकेर प्रदेश र संघीय निर्वाचनमा जानुपर्नेछ। सरकार गम्भीर देखिँदैन', उनले भने, 'राजपा चुनाबमा जान नखोजेको हो कि राजपालाई देखाएर सरकारले राजनीतिक लाभहानीका लागि चुनाबमा जान नचाहेको बुझिएन।'

ओलीले राजपालाई चुनाबमा सहभागी हुन अाग्रह गरे।

प्रकाशित: ३० जेष्ठ २०७४ १३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App