५ वैशाख २०८१ बुधबार
खेल

नेपाल र यमनबीचको खेल जारी

काठमाडौं- एएफसी एसिया कप २०१९ को छनोट अन्तर्गत नेपाल र यमनबीचको खेल सुरु भएको छ। हलचोक स्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा खेल भइरहेको छ। यसअघिको छनोट चरणमा फिलिपिन्ससँग पराजित भएको नेपाल घरेलु मैदानमा हुने खेलमा जित हासिल गर्ने लक्ष्यमा छ।

नेपाल र यमन दुवै देशका घरेलु फुटबल आआफ्नै कारणले प्रभावित छन्। भूकम्पले प्रभावित बनेको नेपालमा दुई वर्षअघिदेखि लिग हुन सकेको छैन। यमन आन्तरिक द्वन्द्वमा जुधिरहेको छ। द्वन्द्वका कारण यमनमा पनि लिग फुटबल हुन सकेको छैन। जापानी प्रशिक्षक ग्याटुको कोजीले नेपाली टोलीको प्रशिक्षण सम्हालेको करिब १ वर्ष पुग्यो। जिम्मेवारी सम्हाल्दा कोजीले नेपाली खेलाडी प्रतिभाशाली भएकाले जापानी शैलीमै फुटबल टोलीको विकास गर्ने लक्ष्य रहेको बताएका थिए।

फिफा वरीयतामा यमन नेपालभन्दा अगाडि छ। यमन १ सय २४औं र नेपाल १ सय ६९औं स्थानमा छन्। यसअघि नेपाल र यमनले दुई पटक खेलेका छन्। दुवैमा नेपालले सफलता हासिल गर्न सकेको थिएन।

यमनविरुद्धको खेलका लागि नेपाली टोलीमा कप्तान एवम् स्ट्राइकर अनिल गुरुङसँगै गोलकिपर एलन न्यौपाने, रक्षक मानबहादुर तामाङ, दिनेश राजवंशी, मिडफिल्डर सुनील बल थपिएका छन्। भारतसँग मैत्रीपूर्ण खेल खेल्दाको टोलीका विशाल श्रेष्ठ, सुमन लामा र विमल बस्नेत राष्ट्रिय टोलीमा परेका छैनन्।

प्रकाशित: ३० जेष्ठ २०७४ ०९:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App