coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

परीक्षाको मुखैमा क्याम्पस बन्द

डडेल्धुरा—बिबिएस दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक भएपनि डडेल्धुराको भिमदत्त बहुमुखी क्याम्पसको अध्ययन अध्यापन अझै ठप्प रहेको छ। असार २५ गतेदेखि दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा सूची आइसकेको छ तर क्याम्पसमा भने अध्ययन/अध्यापन बन्द रहेको छ। क्याम्पसको आफ्नो भवन नहुँदा अध्ययन अध्यापन सञ्चालन हुन नसकेको क्याम्पस सञ्चालकको भनाइ रहेको छ।

वि.सं २०६५ देखि महेन्द्र नमुना मावि परिसरभित्र सञ्चालनमा आएको क्याम्पसले नौ वर्षसम्म आफ्नो भवन बनाउन सकेको छैन। महेन्द्र नमुना माविले विद्यालयभित्र क्याम्पस सञ्चालन गर्न नदिएपछि विगत एक महिनादेखि क्याम्पसको पठनपाठन ठप्प बनेको हो। बिबिएस प्रथम वर्षमा मात्रै ६०-६५ जना विद्यार्थी अध्ययनरत थिए।

क्याम्पस बन्द भएपछि प्रथम, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी घर बस्न बाध्य छन्। अन्य क्याम्पसमा अध्ययरनरत विद्यार्थी परीक्षाको तयारीमा जुटेको समयमा भिमदत्त क्याम्पस भने बन्द छ।


सदरमुकाम खलङ्गामा रहेको महेन्द्र नमुना माविमा क्याम्पस सञ्चालन गरिएको थियो। अहिले बसपार्कको पूर्वमा क्याम्पसको भवन निर्माणाधीन अवस्थामा रहेको छ। व्यवस्थापन समिति र क्याम्पस प्रमुखले क्याम्पस सञ्चालनका लागि चासो नदेखाउँदा क्याम्पस बन्द भएको क्याम्पसका शिक्षक प्रकाश चटौतले जानकारी गराए।

उनका अनुसार विद्यार्थीले बारम्बार क्याम्पस कहिले सन्चालनमा आउँछ भनी सोध्ने गरेका छन् तर कहिले सञ्चालनमा आउने उनसँग जवाफ छैन।

क्याम्पस प्रमुख तथा व्यवस्थापन समिति अध्यक्षले यो विषयमा कुनै जानकारी नै गराउँदैनन् भने अभिभावकले पनि क्याम्पस सञ्चालनका लागि कुनै चासो नदेखाएको विद्यार्थी बताउँछन् । रासस

प्रकाशित: ३० जेष्ठ २०७४ ०५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App