coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पहाडको भित्तामा बस ठोक्किँदा ११ महिने शिशुको मृत्यु, पाँच घाईते

खोटाङ– बस दुर्घटनामा खोटाङमा ११ महिने शिशुको मृत्यु भएको छ । पाँच जना घाईते भएका छन् । सदरमुकाम दिक्तेलबाट यात्रु लिएर जयरामतर्फ जाँदै गरेको बा २ ख ७०७१ नम्बरको बस सोमबार राती हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा जयराममा दुर्घटना हुँदा रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ११ महिने शिशु अजित बिश्वकर्माको मृत्यु भएको हो।

अनियन्त्रित बनेको बस जयरामघाटभन्दा एक किलोमिटर माथि रहेको मोडको भित्तामा ठोक्किँदा शिशु झ्यालबाटै उछिट्टिएको प्रहरीले जनाएको छ। बच्चाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताए।

मध्यपहाडी यातायात व्यवसायी संघमा आवद्ध बस भित्तामा ठोक्किदा रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३२ वर्षीया मनकला राई, ३० वर्षीय अनु राई, १४ महिने नयन राई, २१ महिने समनिया राई गम्भीर घाईते भएका छन्।

दुर्घटनामा ३३ वर्षीय कृष्णबहादुर राई पनि घाईते भएको प्रहरीचौकी च्यास्मीटारले जनाएको छ । घाईतेलाई उपचारका लागि कटारी, धरान लगायतका स्वास्थ्य संस्थातर्फ पठाइएको छ । सामान्य घाईतेलाई भने प्रहरी र स्थानीयबासीले उद्धार गरेर ईलाका स्वास्थ्यचौकी दुर्छिम पुर्‍याइएको छ।

मृत शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । काठ्माण्डौं जाने यात्रु लिएर दिक्तेलबाट दिउँसो साँढे ३ बजे छुटेको बस जयराम पुग्न लाग्दा दुर्घटनामा परेको हो । बेलिब्रिज निकालिएका कारण यात्रुलाई जयरामसम्म पु¥याएर दुधकोसी तरेपछि मेल गरेर यात्रुलाई काठ्माण्डौं पठाउनका लागि दिक्तेलबाट बस छुटेको थियो । दुर्घटना लगत्तै बसका चालक आकाश मगर फरार रहेको प्रहरीले जनाएको छ  ।

प्रकाशित: ३० जेष्ठ २०७४ ०५:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App