८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

महिला जिस्काएर जेल जानेमा ५० भन्दा बढी उमेरका

भारत–तथ्यांक उत्तर प्रदेशको हो । उत्तर प्रदेशमा महिलालाई जिस्काएर जेल जानेमा ५० भन्दा बढी उमेरका व्यक्ति रहेको तथ्यांक सार्वजनिक भएको हो । महिलाहरुको गुनासो सुन्न सुरु गरिएको ‘वुमन पावर’  हट लाइनमा आएका गुनासामाथि अनुसन्धान गर्दै महिला जिस्काउन यस्ता पुरुषको संलग्नता ज्यादा रहने गरेको तथ्यांक सार्वजनिक भएको हो । दोषी पाइएका यस्तालाई जेल पठाइएको छ ।

 ‘वुमन पावर’ हट लाइनमा दोषी प्रमाणित भएका ५७३ मध्ये ६८ प्रतिशत पुरुष ५० भन्दा ज्यादा उमेरका रहेका थिए । ‘वुमन पावर’ हट लाइन आबद्ध सिकेराले बीबीसीसँगको कुराकानीमा  युवती वा महिला जिस्काउनमा अधवैंशे ज्यादा रहेको बताइन् ।

उनले उनीहरुमा मानसिक विमारीको लक्षण पाइएको पनि बताएका छन् । सिकेराले भनिन्, ‘ केटाहरुलाई टेलिफोनमै पनि हामी काउन्सिलिंग गर्छौ । यस्तो बेला केटाहरु डराउने गरेको र दोहो¥याएर नजिस्काउने वाचा गर्छन् । तर अधवैंशेहरु जिद्दी छन् ।’

यस्तो उमेरका व्यक्तिहरुमा प्रहरीको डर पनि नभएको उनले बताइन् । ‘जवानी पार गरिसकेका उनीहरु आफूले जिस्काउँदा केटीहरुले कहिँ कतै गुनासो नगर्ने र पुलिसले पनि उमेरलाई ख्याल गर्दै केही नगर्ने मनस्थितिका कारण निर्धक्क भएर जिस्काउने गरेको पाइयो,’ सिकेराले भनिन् ।
भर्खरै भएको एक घटनमा रवि शंकर नामका एक व्यक्तिले काम माग्न आएकी एक युवतीलाई जिस्काएका थिए ।

केटीको अश्लिल फोटो देखाएर उनलाई ब्ल्याकमेल गर्ने कोशिस पनि गरे । पछि युवतीले ‘वुमन पावर’लाई खबर गरेपछि उनलाई जेल हालियो । तर सिकेराले  अपराधीलाई जेल हाल्नेभन्दा पनि अपराध रोक्नु नै आफूहरुको उद्देश्य भएको बताइन् । ‘वुमन पावर’ हट लाइन उत्तर प्रदेशका महिलाहरुका लागि गुनासो सुनाउनका लागि उत्तर प्रदेश पुलिसले सन् २०१२ मा सुरु गरेको थियो ।

 

प्रकाशित: ५ श्रावण २०७३ ०५:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App