coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पकी श्रीमतिलाई बौद्धिक चोरीको आरोप

अमेरिका–रिपब्लिकन पार्टीको तर्फबाट सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पकी श्रीमति मेलियन ट्रम्पलाई बौद्धिक चोरीको आरोप लागेको छ । रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा भाषण गरेकी ट्रम्पले वर्तमान राष्ट्रपति बाराक ओबामा पत्नी मिसेल ओबाले सन् २००८ मा गरेको भाषणको केही अंश दुरुस्त बोलेको भन्दै उनमाथि बौद्धिक चोरीको आरोप लागेको हो ।

सम्बोधनका क्रममा श्रीमति ट्रम्पले डोनाल्डलाई दयालु र राष्ट्रका लागि लडेको व्यक्ति भन्दै प्रशंसा गरेकी थिइन् । चुनावी सभामा मेलियनले पहिलो पल्ट श्रीमान्को समर्थनमा भाषण गरेकी थिइन् ।   ट्रम्पका सञ्चार सल्लाहकार जेसन मिलरले श्रीमति ट्रम्पको तिब्र आलोचना भएपछि औपचारिक धारणा राख्दै भाषणमा देखिएको समानता संयोग मात्र रहेको बताएका छन् ।े भाषण लेख्ने समूहले उनको भाषण तयार गरेको र सो ट्रम्पकै जिन्दगीबाट ग्रहण गरिएको बताएका छन् ।

‘मेलियानको भाषणमा उनको अनुभव र देशप्रेमको भावना  अभिव्यक्त भएको छ जसले उनको भाषणलाई सफल बनाएको छ,’ सञ्चार सल्लाहकार जेसनले भनेका छन् । यसैगरी ट्रम्प आफैंले पनि मेलेनियाको भाषणलाई ‘अभूतपूर्व’ भन्दै प्रशंसा गरेका छन् ।

खासगरी मेलियनले गरेको भाषणमा पिता माताको प्रभावका कारण आफूहरुमा अरुले सम्मान गर्ने भावना जागृत भएको र उहाँहरुकै संस्कारका कारण योग्य नागरिक बन्न सकेको कुरा ओबामाको भाषणसँग मिल्न गएको थियो । स्लोभियामा जन्म लिएकी मेलियन पूर्व मोडल हुन् । अन्य उम्मेदवारको श्रीमतिको तुलनामा मेलियन ‘लो प्रोफाइल’मा बस्ने गरेकी थिइन् ।

रोकिएन ट्रम्पको उम्मेदवारी

अमेरिकामा रिपब्लिकन दलका सम्भावित राष्ट्रपति  उम्मेदवार डोनल्ड ट्रम्पका विपक्षी प्रतिनिधिहरु उनको उम्मेदवारी रोक्न गरेको अन्तिम प्रयासमा विफल भएका छन् ।

क्लिभल्याण्डमा शुरु भएको पार्टिको राष्ट्रिय अधिवेशनमा केही प्रतिनिधिले आफुले चाहेको अर्को उम्मेदवारलाई समर्थन गर्न गरेको प्रयास विफल भएको बताइएको छ । आफ्ना विविध टिप्पणीका कारण विवादित ट्रम्प बाहेक अर्कै रिपब्लिकन   उम्मेदवार भएको देख्न चाहनेहरुका निम्ति उक्त प्रयत्न एक अन्तिम थियो । ट्रम्पको मनोनयन संगै रिपब्लिकन दलमा द्वन्द्व शुरु भएको थियो ।

बीबीसीका एन्थनी जर्कर भन्छन् ट्रम्पको उम्मेदवारी रोक्ने खालका कुनै नियम स्वीकृत हुने सम्भावना त थिएन तापनि केही प्रतिनिधिले चाहेजस्तो विरोध दर्ता गर्न दिइएको भए ट्रम्पका निम्ति त्यो लज्जाजनक हुन सक्थ्यो ।

सोमबार अधिवेशनस्थलमा ट्रम्प पक्षधर तथा विपक्षीहरुबीच रहेको तनाव छताछुल्ल भयो । जर्ज एचडब्लु बुश तथा जर्ज डब्लु बुश दुवै पूर्व राष्ट्रपति समेत रहेका रिपब्लिकन नेता अनुपस्थित रहे ।उनीहरुले ट्रम्पको उम्मेदवारीप्रति हालसम्म समर्थन जनाएका छैनन् । त्यसैगरि ओहायोका गभर्नर तथा ट्रम्पका पूर्व प्रत्याशी जोन क्यासीच अनि रिपब्लिकनका पूर्व राष्ट्रपति उम्मेदवार मीट रोम्ने पनि अनुपस्थित छन् ।

लुइजियानाको ब्याटन रुजमा तीन प्रहरीको अश्वेत बन्दूकधारीले हत्या गरेको एक दिन पश्चात शुरु भएको उक्त अधिवेशन स्थलमा सुरक्षा कडा पारिएको छ । मानिसहरुलाई सम्मेनस्थल वरपर बन्दूक बोकेर हिंड्न प्रतिबन्ध लगाइएको छ तापनि केहीले बन्दूक बोकेका तस्वीरहरु सार्वजनिक भएका छन् । क्लिभल्याण्ड प्रहरीले ओहायोका गभर्नर समक्ष खुलेआम बन्दूक बोक्ने अधिकार अधिवेशन अवधिभर निलम्बन गरिदिन आग्रह गरेको छ । तर गभर्नरले आफूलाई त्यस्तो निलम्बन गर्ने अधिकार नभएको बताएका छन् ।

 

प्रकाशित: ५ श्रावण २०७३ ०५:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App