८ वैशाख २०८१ शनिबार
राजनीति

सभामुख राजनीतिक भेटघाटमा व्यस्त

काठमाडौं–कार्यसूचिमा चढेको आश्रित विधेयक कार्यसूचिबाट हटाएर संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न समय तोकेपछि विवादमा तानिएकी सभामुख ओनसरी घर्तीले राजनीतिक भेटघाटलाई तीब्रता दिएकी छन्। सभामुख घर्तीले बुधबार विहान कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छन्।

माओवादी अध्यक्ष दाहालसँगको भेटमा सभामुख घर्तीले सहमतिकै आधारमा संसदका कामकारवाही अगाडि बढाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।  बुधबार विहानै दाहाल निवास लाजिम्पाटमा भएको छलफलमा सभामुखले राजीतिक सहमतिको वातावरण बनाउन आग्रह गरेको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए।

 ‘दुवै नेतासँग सभामुखज्युले सहमतिको वातावरण बनाउन आग्रह गर्नु भयो,’ शर्माले भने,‘दुवै नेताले आफूहरु सहमतिको वातावरण बनाउने आश्वासन दिनुभएको छ।’ सभामुखले दलहरुबीच सहमति भए सोही अनुसार संसदको कार्यसूचि तय गर्न आफू तयार रहेको तर सहमति नभए यसअघि सूचित कार्यसूचिलाई नै अघि बढाउन बाध्य हुने जानकारी गराएको प्रेस सल्लाहकार शर्माले जनाए। यसअघि समाभुखले मंगलबार प्रधानमन्त्री केपी ओलीसँग भेट गरेकी थिइन्।

प्रधानमन्त्रीले सभामुखलाई विवादित हुने कुनै काम नगर्न सुझाव  दिएको भोलिपल्ट सभामुखले राजनीतिक भेटघाटलाई तीब्रता दिएकी हुन्।  अाजै सभामुख र राष्ट्रपति विद्यादेवी भण्डारीबीच  पनि छलफल  भएकाे थियाे।

 

प्रकाशित: ५ श्रावण २०७३ ०५:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App