८ वैशाख २०८१ शनिबार
राजनीति

जंगली च्याउ खाँदा दुईको मृत्यु

पाल्पा- निस्दी गाउँपालिका–४ मित्यालमा जंगली च्याउ खाएका एक बालक र हजुरआमाको मृत्यु भएको छ। जंगली च्याउ खाँदा बिरामी परेका ४५ वर्षीय ऋषिसरा गाहा र साढे दुई वर्षीय बालक रुपेश गाहा भएको हो।

शुक्रबार च्याउ खाएका उनीहरुको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। जेठ २६ गते घर नजिकैको जंगलबाट खोजेर ल्याएको जंगली च्याउ खाँदा एउटै घरका तीन जना विरामी परेका थिए । साढे दुई वर्षीय बालकले आमाको दूध खाँदा बिरामी परेका हुन् । उनकी आमा २२ वर्षीय इनमाया गाहा उपचारपछि घर फर्किएको अहिले लुम्बिनी मेडिकल कलेज प्रभासले जनाएको छ।

जंगली च्याउ सेवनकै कारण रामपुर नगरपालिकाको–३ गैलुकमा गत हप्तामात्र पाँच जनाको मृत्यु भएको थियो । मृत्युहुनेहरुमा रामपुर–३ का टेकबहादुर मल्ल, २१ वर्षीय सुन्दरी खाँड, १३ वर्षीय सम्झना मल्ल, ७ वर्षीय किस्मत मल्ल र ५० वर्षका बिष्णु मल्ल रहेका थिए । उनीसँगै च्याउ खाएका छ जना उपचारपछि घर फर्केका छन् । वर्षा सिजन सुरु भएको र जंगलमा उम्रेको च्याउ खाँदा विरामी पर्नेहरु भने थपिई रहेका छन्।

प्रकाशित: २९ जेष्ठ २०७४ १४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App