८ वैशाख २०८१ शनिबार
समाज

युवतिको हत्या आफन्तबाटै भएको आशंका

उदयपुर- चार दिन अघि मृत अवस्थामा फेला परेकी यहाँकी एक युवतिको हत्या आफन्तैबाट भएको हुनसक्ने प्रमाण जुट्दै गएको प्रहरीले जनाएको छ। शुक्रबार विहान त्रियुगा नगरपालिका १० गाईघाट आँखा अस्पताल नजिकै मृत अवस्थामा फेला परेकी सोही ठाउँकी शान्ति साहको हत्या आफन्तबाटै भएको प्रमाणित हुन लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

एकाविहानै सडकको नालाछेउमा मृत अवस्थामा फेला परेकी २० वर्षीया साहको मृत्युबारे अनुसन्धानका क्रममा प्रहरीले सुरुमा २ र पछि २ जनालाई नियन्त्रणमा लिएको थियो। सुरुमा पक्राउमध्ये १ जनालाई सोधपुछपछि छोडिएको र अर्कालाई सोधपुछ गर्ने क्रममा थप २ जना पक्राउ परेका थिए। पक्राउमध्ये शंकस्पद मानिएका आफन्त २ जना अपराधी सावितीको नजिक पुगेको प्रहरी प्रमुख एसपी नरबहादुर केसीले बताए। एसपी केसीका अनुसार प्रहरी निरीक्षक देवीप्रसाद फागोलाई अनुसन्धान अधिकृत तोकेर अनुसनधान गर्ने क्रम चलिरहेको छ।

त्रिनपा १० आँखा अस्पतालपछाडि बस्तीकी युवती साहको शब हत्या गरेर फालिएको अवस्थामा नाली नजिकै फेला परेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए। लासको प्रकृति हेर्दा तेजाव खन्याएर हत्या गरेजस्तो देखिएको २/४ दिनअघि नै हत्या भएको अनुमान स्थानीयले गरेका छन् । हत्याबारे युवतिको परिवार, आफन्त र छिमेकीलाई आशंका गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । प्रहरी अनुमानमा युवतिको शव केहीदिन लुकाएर पछि त्यहाँ ल्याएर फालिएको हुनसक्छ । प्रहरीले हत्यारा नजिक पुगिसकेको र प्रमाणित भएलगत्तै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जनाएको छ।

 

 

प्रकाशित: २९ जेष्ठ २०७४ १३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App