७ वैशाख २०८१ शुक्रबार
कला

नेपाली र कोरियाली भाषामा नेपाली बालकथा

काठमाडौं–नेपाली र कोरियाली भाषाका सोह्र नेपाली कथाकारका बालकथाहरूको संग्रह ‘अटेरी घडीहरु र अरू नेपाली बालकथा’ विमोचन भएको छ। किताबमा विनय कसजू, प्रमोद प्रधान, रामबाबु सुवेदी, गंगा कसजू, तेजप्रकाश श्रेष्ठ, गंगा कर्माचार्य, विजयराज आचार्य, मञ्जु ज्ञवाली, अनन्त वाग्ले, ललिता दोषी, शान्ति सापकोटा, नेत्र तामाङ, समन श्रेष्ठ, क्रान्ति पाण्डे, माधव नेपाल र मोहन कार्कीका नेपाली भाषाका कथा र ती कथाको कोरियाली अनुवाद समावेश भएका छन्।

कथाको अनुवाद नेपालमा कोरियाली भाषा सिकाउँदै आएकी ई गिजु (मुना)ले गरेकी हुन् । कोरियाली भाषा प्रशिक्षक तथा बालसाहित्य सर्जक मोहन कार्कीले किताबको परिकल्पना र संयोजन गरेका थिए। कलाकार रविन्द्र मानन्धरको चित्रांकन रहेको किताबलाई भुँडिपुराण प्रकाशनले बजारमा ल्याएको छ। बजार मूल्य ३०० रहेको यस पुस्तकको औपचारिक विमोचन यसै साता कोरियामा हुने कार्यक्रममा बताइयो।

प्रकाशित: २९ जेष्ठ २०७४ १२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App