७ वैशाख २०८१ शुक्रबार
समाज

आँपको रुखबाट खस्दा ज्यान गयो

नुवाकोट- नुवाकोटको लिखु गाँउपालिका वडा नम्बर ३ सूर्यमतीमा रुख चढेर आँप टिप्ने क्रममा गुणबहादुर राईको मृत्यु भएको छ।

घर नजिकै रहेको आँपको रुखबाट लडेर ४४ वर्षीय राईको घटनास्थलमा नै ज्यान गएको हो । अचार बनाउनको लागि काचो आँप टिप्न गएका राईको रुखबाट खसेर ढुङ्गामा ठोक्किएर ज्यान गएको प्रत्यक्षदर्शीले बताएका छन् । उनको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल त्रिशूलीमा लागिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

प्रकाशित: २९ जेष्ठ २०७४ ०९:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App