८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इरानले कतारलाई खाद्यान्न पठायो

तेहरान– इरानले कतारलाई खाद्यान्न सहितको पाँच विमान पठाएको छ । साउदी अरेबिया नेतृत्वका अन्य ६ मुलुकहरुले गत सोमबार कतार माथि गरेको कुटनीतिक सम्बन्ध विच्छेदले कतारी बजारमा खाद्यान्नको आपूर्ति हुन सक्ने न्यूनतालाई कम गर्नका लागि इरानले कतारलाई फलफुल, तरकारी, खाद्यान्न लगायतका सामाग्री सहितको ५ विमान कतार पठाएको हो । 

इरानका हवाई प्रवक्ता शाहारोर्खे नौसवादीले भने प्रत्येक विमानले कम्तीमा १०० टन खाद्यान्न, फलफुल तरकारी लगायतका सामाग्रीहरु बोकेका छन्। 

कतारले ती क्षेत्रहरूमा आतंकवाद फैलाएको आरोपमा गत सोमबार साउदी अरेबिया लगायतका अन्य ६ मुलुकहरूले कतारसँगको कुटनीतिक सम्बन्ध विच्छेदको घोषणा गरेका थिए यद्यपि कतारले भने आफू माथि लागेको यस आरोपलाई तथ्यहीन र भ्रामक भएको भन्दै इन्कार गर्दै आइरहेको छ । 

यो भन्दा पहिले कतारमा आउने खाद्यान्न सामाग्रीहरुमा ४० प्रतिशत साउदी अरेबियाबाट आउने गरेको थियो । कतार माथि नाकाबन्दीको घोषणा गरेका मुलुकहरुले कतारी नागरिकहरूलाई आफ्नो देश छोड्नका लागि आदेश दिएको भएतापनि कतारले भने त्यहाँ रहेको साउदी अरेबिया लगायत अन्य ६ मुलुकका नागरिकहरूलाई कतार छोड्ने आदेश नदिएको त्यहाँको विदेश मन्त्रालयले बताएको छ ।

प्रकाशित: २९ जेष्ठ २०७४ ०९:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App