मतदान केन्द्रमा पुग्न पाँच घन्टा हिँड्नुपर्ने बाध्यता

सोमबार, २९ जेठ २०७४, १३ : ३५ नागरिक

रुकुम—आगामी असार १४ गते दोस्रो चरणको स्थानीय तहको निर्वाचमा यहाँको एक मतदान केन्द्रमा पुग्न मतदातालाई पाँच घन्टा पैदल हिँड्नुपर्ने भएको छ। ५ नं प्रदेशमा पर्ने रुकुमको भुमे गाउँपालिका–८ मा रहेको मतदान केन्द्रमा पुग्न त्यहाँका अधिकांश ठाउँका मतदातालाई पाँच घन्टाभन्दा बढी समय हिँड्नुपर्ने बाध्यता भएको हो।

साविकको रुकुमकोट गाविसको ४ नं वडा र महत गाविसका ७ र ८ वडा मिलाएर बनाइएको भुमे–८ को मतदान केन्द्र साविकको महत गाविस–८, को आधारभूत विद्यालय भोल्टीमा छ।

सो मतदान केन्द्रमा पुग्न साविकको रुकुमकोट–४, को मैवाङबाट पाँच, झिम्काबाट चार र कुचिवाङबाट तीन घन्टाभन्दा बढी समय पैदल हिँड्नुपर्ने बाध्यता रहेको मैवाङका रत्नलाल बुढाले बताए।

साविकका दुई गाविसका तीन वडा मिलाएर नयाँ वडा बनाउँदा पायक पर्ने ठाउँमा मतदान केन्द्र नराखिएको त्यस क्षेत्रका मतदाताको गुनासो छ। “जानमात्र पाँच घन्टा लाग्छ अनि आउन पनि त्यति नै समय खर्चनुपर्छ, बुढाले भन्नुभयो – आउन जान १० घन्टा लाग्छ अनि कति बेला लाइन लाग्ने, कति बेला भोट हाल्ने र कतिबेला घर फर्किने। मतदान केन्द्रमा पुगी भोट हालेर सोही दिन घर फर्किने अवस्था नै छैन।”

सबैभन्दा बढी अपाङ्ग र ज्येठ नागरिकलाई मतदानका लागि मतदानस्थलसम्म पुग्न समस्या भएपनि यसतर्फ सरोकारवाला निकाय कसैले पनि ध्यान नदिएको स्थानीयवासीको गुनासो छ। उकालो, ओरालो र खोलानालाका कारण पनि सजिलै मतदानस्थलसम्म पुग्न सहज नभएको कुचिबाङका गोपाल पुनले बताए।

यहाँको भौगोलिक अवस्थाबारे अध्ययन नै नगरी नयाँ वडा बनाएर मतदान केन्द्र कायम गरिएकाले त्यस क्षेत्रमा यस्तो समस्या आएको पुनको भनाइ छ।

स्थानीय तहको सङ्ख्या तथा सिमाना निर्धारण प्राविधिक सहयोग समितिले गरेको जिल्लाको स्थानीय तह तथा वडाको सिफारिस सही नभएको उनले बताए। जिल्ला निर्वाचन अधिकारी कमलमणि देवकोटाले भने राजनीतिक दलको सहमतिमा उक्त निर्णय भएको थियो। अलि पायक पर्ने भनिएको ठाउँमा विद्यालय नभएकाले पनि उक्त ठाउँमा मतदान केन्द्र कायम गरेको उनको भनाइ छ । रासस








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad