साझाका लागि इटहरीको मेयरमा डा.काफ्ले र उपमेयरमा पत्रकार परियार उम्मेदवार

सोमबार, २९ जेठ २०७४, १२ : ३४ नागरिक

काठमाडौं—साझा पार्टीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा इटहरी उपमहानगरपालिकामा मेयर र उपमेयरमा उमेदवारी दिने निर्णय गरेको छ।

पार्टी निर्माण प्रक्रियाको ६ हप्तामैं काठमाडौँ र ललितपुर महानगरपालिकामा उमेदवारी दिएर सम्मानजनक मत ल्याएपछि वैकल्पिक राजनीतिका लागि परिपक्व विकल्पका रूपमा हेरिएको साझा पार्टीले ईटहरीको मेयरका लागि प्राध्यापन र समाजसेवामा संलग्न डाक्टर सुश्री तारा काफ्ले र उपमेयरका लागि पत्रकार तथा मानव अधिकारकर्मी प्रकाशचन्द्र परियारलाई उठाउने निर्णय गरेको हो।

वैकल्पिक राजनीतिका लागि परिपक्व विकल्पका रूपमा हेरिएको साझा पार्टीले ईटहरीको मेयरका लागि प्राध्यापन र समाजसेवामा संलग्न डाक्टर सुश्री तारा काफ्ले र उपमेयरका लागि पत्रकार तथा मानव अधिकारकर्मी प्रकाशचन्द्र परियारलाई उठाउने निर्णय गरेको हो।

दोस्रो चरणको निर्वाचनमा साझा पार्टीका तर्फबाट उमेदवारी दिन दर्जनौं अनुरोधहरू प्राप्त भएका भए पनि संगठनको अभावमा पार्टीले मूलत: ईटहरीमा मात्र आफ्नो ध्यान केन्द्रित गर्ने लक्ष राखेको जनाएको छ।

डा. तारा काफ्लेले जनसङ्ख्या तथा जनस्वास्थ्यमा स्नातकोत्तर र सामुदायिक चिकित्सामा काशी हिन्दु विश्वविद्यालयबाट विद्यावारिधि गरेकी छिन्। ईटहरी उपमहानगरपालिका वडा नं ५ निवासी ३८ वर्षिया उनी जनसङ्ख्या, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा अध्यापन, अनुसन्धान तथा समाजसेवामा सक्रिय छिन्।

उनी ईटहरी उपमहानगरपालिका वडा नं ५ स्थित सेवामुलक विद्यालय ‘अमुर्त अक्याडमी’को संस्थापक अध्यक्ष हुन्। नैतिक जीवन र आध्यात्मिक चिन्तनमा विश्वास गर्ने काफ्ले हाल काठमाडौँ विश्वविद्यालय, विराट मेडिकल कलेज, टंकीशिनवारी, मोरङ्गमा उपप्राध्यापकका रूपमा कार्यरत छिन्।

त्यसै गरी प्रकाशचन्द्र परियार साझा पार्टीको केन्द्रीय संयोजन समितिका सदस्य हुन्। परियार लामो समयदेखि सामाजिक न्याय र मानव अधिकारका क्षेत्रमा काम गर्दै अाएका छन्। एक दशकसम्म कान्तिपुर टेलिभिजनमा सामाजिक मामिला तथा राजनीतिक विषयमा पत्रकारिता गरेका ईटहरी निवासी उनले आमसंचारमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट पत्रकारिता र अष्ट्रेलियावाट नेतृत्व विकासको तालिम लिएका छन्।

उनले परोपकार र पत्रकारिताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पनि पाएका छन्। सामाजिक रूपान्तरण र सम्मृद्धिका लागि असल मानिसहरू राजनीतिमा नहोमिएसम्म मुलुकको मुहार फेर्न नसकिने मान्यता राख्ने परियारले भ्रष्टाचार विरोधी, इमानदार र मिलनसार युवा नेताको छवि बनाएका छन्।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad