८ वैशाख २०८१ शनिबार
राजनीति

निर्वाचनमा उम्मेदवार हुन महासंघबाट राजिनामा दिनुपर्छ

काठमाडौँ- नेपाल पत्रकार महासङ्घले निर्वाचनमा उम्मेदवार हुन चाहने पत्रकारलाई महासङ्घको कार्यसमितिबाट राजीनामा दिन आग्रह गरेको छ।

“महासङ्घका कुनै पनि तह, केन्द्र, प्रदेश, जिल्ला कार्य समितिभित्र पदाधिकारी वा सदस्य रहिरहेको व्यक्ति कुनै पनि राजनीतिक पदको निर्वाचनमा उम्मेदवार हुने भएमा महासङ्घको विधानको अक्षर र भावनाबमोजिम उम्मेदवार हुनुअघि महासङ्घको कार्यसमितिबाट राजीनामा गर्नुहुन आग्रह छ”– महासचिव उजिर मगरद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

राजीनामा नगरी उम्मेदवार भएमा कार्यसमितिको पद स्वतःरिक्त भएको मानिने महासङ्घले जनाएको छ । महासङ्घले कार्यसमितिमा रहेकाबाहेक अन्य पद वा साधारण सदस्य रहिरहेका हकमा राजनीति र पत्रकारिता एकसाथ गर्दा स्वार्थ बाझिने भएकाले नैतिक रूपमा महासङ्घको सदस्यता तथा पत्रकारिताबाट अलग रहेको स्वयम् घोषणा गर्नसमेत महासङ्घले आह्वान गरेको छ। त्यसबारे नीतिगत छलफल महासङ्घको आगामी महाधिवेशनमा गरिने उल्लेख गरिएको छ। रासस

 

प्रकाशित: २८ जेष्ठ २०७४ १४:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App