coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजपाद्वारा अामहड्तालसहित अान्दोलनका कार्यक्रम सार्वजनिक

पत्रकार सम्मेलनमा सहभागी राजपा नेताहरु। तस्विरः दिपेश श्रेष्ठ

लहान—राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन बिथोल्ने गरी तराई/मधेसमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। घोषित रुपमै चुनाव बिथोल्ने गरी राजपाले निर्वाचन कार्यालयमा तालाबन्दीदेखि आमहड्तालसम्मका कार्यक्रम सार्वजनिक गर्न लागेको हो।

राजपाका नेता मनिष सुमनले भने,‘संविधान संशोधनबिना हामी चुनावमा जाने प्रश्न नै आउँदैन। हामी चुनावमा नजानुको अर्थ किर्तन(भजन) गरेर बस्ने होइन। यो चुनाव हुन्न दिन्नौ, बिथोल्छौ।’

काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीले भोलि सदरमुकाममा मशाल जुलुस गरेर मधेस- थरूहट- लिम्वुवान जेठ ३० देखि  असार २ सम्म बन्द अाह्वान गरेको हो।

'न संविधान संशोधन भयो, न त स्थानीय तहको संख्या सरकारले बढायो, त्यसैले भोलि देखि अान्दोलन सुरू हुन्छ', पार्टीको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले भने।

सरकार निर्माणका क्रममा संसदमा भएको मतदानमा राजपाले शेरबहादुर देउवालाई मतदान गरेको थियो। सत्ता समर्थक सो दलका नेताहरुले यसअघि चुनाब चिन्ह पाए निर्वाचनमा सहभागी हुने बताएका थिए। राजपको माग सम्बोधन गर्न सरकारले निर्वाचन कानुन संशोधन गरी दल दर्ताको बाटो खुला गर्ने तयारी गरिरहेका बेला राजपाले अान्दोलनको घोषणा गरेको हो।  

आइतबार बिहान सत्ता साझेदार दलहरु काँग्रेस–एमालेसँग राजपाका नेताहरुको बैठक भएको थियो। बैठकमा राजपाका नेताहरुले स्थानीय तहको निर्वाचन पछि सार्न माग गरेका थिए। 

राजपाका नेता सुरेश मण्डलले निर्धारित आन्दोलन कार्यक्रम असन्न निर्वाचनमा अबरोध पुर्‍याउनका लागि घोषणा गरिएको बताए। सत्तारुढ कांग्रेस र माओवादी केन्द्रसँग आइतबार सिंहदरबारमा भएको छलफल बिनानिष्कर्ष सकिएपछि राजपा आन्दोलनमा होमिएको हो।

राजपाका नेता मनिष सुमनले भने,‘संविधान संशोधनबिना हामी चुनावमा जाने प्रश्न नै आउँदैन। हामी चुनावमा नजानुको अर्थ किर्तन(भजन) गरेर बस्ने होइन। यो चुनाव हुन्न दिन्नौ, बिथोल्छौ।’

बिजुली बजारमा भएको पत्रकार सम्मेलनमा संयोजक ठाकुर, राजेन्द्र महतोसहितका नेता उपस्थित थिए।

निर्वाचन बिथोल्न राजपाले जारी गरेको विज्ञप्ति

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App