८ वैशाख २०८१ शनिबार
अन्य

उपेन्द्र यादबलाई राजपाले देखायो कालो झन्डा, स्थिति तनाबपूर्ण बनेपछि दिइयो ३ तहको सुरक्षा

राजपा कार्यकर्तालाई रोक्दै प्रहरी।

सर्लाही – संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सहभागी हुने कार्यक्रम बिथोल्ने प्रयासस्वरुप राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएर प्रदर्शन गरेका छन्। सर्लाही, विष्णुपुर–५ मधुवन गोठ बजारमा फोरम नेपालका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने सभालाई राजपाका कार्यकर्ताले बिथोल्न खोजेका हुन्।

राजपाको शक्ति केन्द्र मानिएको सर्लाहीको मधुवन गोठ गाउँपालिकामा यादवले कार्यक्रम गर्न लागेको थाहा पाएपछि राजपा कार्यकर्ता विरोधमा उत्रिएका हुन्। सर्लाही राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर एवं अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र महेन्द्र राय यादवको गृह जिल्ला हो।

कार्यक्रम चलिरहँदा मञ्चदेखि करिब २ सय मिटर पश्चिममा राजपाका स्थानीय नेता तथा कार्यकर्ताले कालो झन्डा देखाएर नाराबाजी गरेका थिए।

करिव दुई सयको हाराहारीमा रहेका राजपा कार्यकर्ताले कार्यक्रमस्थल गइरहेका बेला उपेन्द्र यादवलाई कालो झण्डा देखाउने प्रयास गरेका थिए।अवस्था तनावपूर्ण बन्दै गएपछि व्यापक रुपमा प्रहरी परिचालन गर्नु परेको इलाका प्रहरी कार्यालय बरहतवरका प्रहरी निरीक्षक ललन कुर्लीले बताए।

उनका अनुसार सम्भावित तनाबलाई ध्यानमा राखेर अध्यक्ष यादवले सम्बोधन गर्ने कार्यक्रमका लागि करिब ४ सय सुरक्षाकर्मी परिचालन गरिएको छ। 

अध्यक्ष यादव विभिन्न दलबाट फोरममा प्रवेश गर्न लागेका कार्यकर्तालाई स्वगत गर्न  मधुवन गोठ बजार पुगेका थिए। स्थानीय तह चुनाबमा भाग लिइरहेको पार्टीका अध्यक्ष यादब आउने भएपछि चुनाब विरोधी राजपा कार्यकर्ताहरुले सभास्थल पुग्ने सडकमा रुख ढाल्नुको साथै टायर बालेर अवरोध गरेका हुन्।

मधुवन गोठ माध्यामिक विद्यालय परिसरमा भएको कार्यक्रममा संघीय समाजवादी फोरम नेपालको आमसभा प्रमुख अतिथि उपेन्द्र यादब तथा पार्टीका जिल्ला अध्यक्ष अशोक यादबले सम्बोधन गरेका छन्। 

कार्यक्रम चलिरहँदा मञ्चदेखि करिब २ सय मिटर पश्चिममा राजपाका स्थानीय नेता तथा कार्यकर्ताले कालो झन्डा देखाएर नाराबाजी गरेका थिए।

स्थिति असहज देखिएपछि प्रशासनले यादवको कार्यक्रमलाई तीन तहको सुरक्षा उपलब्ध गराएको थियो। नेपाल प्रहरी, सशस्त्र र म्यादी प्रहरीगरी करिब ४ सय सुरक्षाकर्मीले अध्यक्ष यादब सहभागी कार्यक्रमलाई सुरक्षा दिएका थिए। 

कार्यक्रमस्थलका थप तस्विरहरु

राजपा कार्यकर्तालाई रोक्दै प्रहरी।
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App