भारतमा भएको सडक दुर्घटनामा १९ को मृत्यु

आइतबार, २८ जेठ २०७४, १५ : ११ एजेन्सी

नयाँदिल्ली –  उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आइतबार एउटा नहरमा कार खसेर भएको दुर्घटनामा परी कम्तीमा १० को मृत्यु भएको छ। 

मथुरा जिल्लाको मथुरा जजामपाटी सडक खण्डमा पर्ने मोगार्रा गाउँमा स्थानीय समयानुसार विहान ०४ः३० बजेतिर दुर्घटना भएको स्थानीय प्रहरी कार्यालयका प्रमुख आदित्य शुक्लाले सञ्चारकर्मीलाई बताएका छन्। 

यस घटनामा ज्यान गुमाएका मध्ये नौ जना एउटै परिवारका भएको बताइएको छ । उनीहरु राजस्थानको एउटा चर्चित मन्दिरमा दर्शन गरेर फर्किँदै गरेका थिए । 

सबै शव पानीबाट बाहिर निकालिएको छ । मृत्यु हुनेमा दुई जना बालबालिका समेत रहेका छन् । 

त्यसैबीच भारत कै पश्चिमी प्रदेश महाराष्ट्रमा भएको अर्को सवारी दुर्घटनामा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन् । 

स्थानीय समयानुसार विहान ०५:३० बजे दुर्घटनामा परेको निजी यात्रुबहाक बस प्रदेशको राजधानी मुम्बइबाट लाटुर तर्फ जाँदै थियो । बिड जिल्लाको धनोरा गाउँमा दुर्घटना भएको स्थानीय प्रहरी अधिकारी महेश टकले जानकारी दिए। 

बस तिव्रगतिमा भएकाले चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको उनले बताए। 

मृत्यु भएका सबै जनाको घटनास्थलमै मृत्यु भएको र घाइतेलाई स्थानीय अहमेद नगर जिल्ला अस्पतालमा भर्ना गरिएको छ । 

घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ। 





यसमा तपाईको मत

अन्य समाचार

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बिमा शुल्क एक अर्ब रुपैयाँ नाघेको छ । ...

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ। ...

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

नेपालको धेरै जसो स्थानमा अझै पनि कच्चि सडक यथावत छ जसमा कालोपत्रे गरिएको छैन| ...

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

Ncell Footer Ad