coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

६ वर्षपछि रिहा भए गद्दाफीका छोरा

लिबियाका अपदस्थ शासक मुअम्मर गद्दाफीका छोरा सेफ अल इस्लाम गद्दाफी लिबियाबाट रिहा भएका छन्।

लण्डन स्कुल अफ इकोनोमिक्सबाट पीएडी गरेका ४४ वर्षिय सेफ अल इस्लामलाई लिबियामा गद्दाफीको उत्तराधिकारीको रुपमा हेर्ने गरिन्थ्यो।

उनलाई विगत ६ वर्षदेखि जिन्टाल शहरमा कैद गरेर राखिएका उनको एक चरमपन्थी समूहले उनको रिहाई भएको घोषणा गरेको थियो।

सन् २०१५ मा उनलाई त्रिपोलीको एक अदालतले मृत्युदण्डको सजायँ सुनाएको थियो। तर उनलाई कैद गर्ने समूहले अदालतमा सुम्पन अस्विकार गरेको थियो।

यो भन्दा पहिला पनि उनको रिहाइको खबर आएको थियो। तर अझै पनि त्रिपोली सरकारले सेफ अल इस्लामको रिहाईको पुष्टि गरेहो छैन।

सेफ अल इस्लामको विरुद्धमा अन्तराष्ट्रिय अपराध न्यायालयमा पनि मानवता विरोधि अपराध गरेको आरोपमा मुद्दा चलिरहेको छ। गद्दाफीको शासन सकिएको तीन महिना सम्म फरार रहेका थिए। उनलाई २०११ मा कैद गरिएको थियो।

सेफ अल इस्लामलाई लिबियाको सरकारमा सुधारवादीको रुपमा हेर्ने गरिन्थ्यो। उनले गद्दाफी सरकारको पश्चिमा मुलुकसँग सम्वन्ध विस्तार गराउने भूमिका खेलेका थिए।

 

प्रकाशित: २८ जेष्ठ २०७४ ०९:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App