एउटै सहकारीका २८ जना उम्मेदवार

आइतबार, २८ जेठ २०७४, १४ : १५ नागरिक

दमक –  झापाको दमकस्थित मेची सहकारी संस्थाका २८ सदस्यले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । संस्थामा आबद्ध सञ्चालक समिति तथा सेयर सदस्य विभिन्न पार्टीका तर्फबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका हुन् । एकै सहकारी संस्थाबाट यतिका सङ्ख्यामा उम्मेदवार बनेको यो देशकै पहिलो हुन सक्ने सहकारीको दाबी छ । 

संस्थाका व्यवस्थापक खोमप्रसाद बगालेका अनुसार नेकपा एमालेका तर्फबाट दमक नगरपालिकाको प्रमुखमा संस्थाका अध्यक्ष रोमनाथ ओली उम्मेदवार बनेको छ भने सोही संस्थाकै सञ्चालक सदस्य गीता अधिकारी पनि एमालेबाटै नगर उपप्रमुखको उम्मेदवार बनाइएकी छिन्। 

त्यस्तै, ६ जना सदस्य विभिन्न पार्टीबाट वडाध्यक्षको उम्मेदवार बनेका छन् । राजनीतिक दलमध्ये एमालेबाट १६, नेपाली काँग्रेसबाट आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तीन, माओवादी केन्द्रबाट एकजना उम्मेदवार बन्नुभएको सो सहकारीका व्यवस्थापक बगाले बताउँछन्। 

संस्थाका सञ्चालक समितिका कोषाध्यक्ष लक्ष्मी दाहाल दमक–६ को वडा सदस्य र धितो मूल्याङ्कन उपसमितिका संयोजक टेकबहादुर थापा र दमक–६ को वडाध्यक्षका उम्मेदवार बन्नुभएको छ भने सञ्चालक समितिसँगै उपससमितिमा रहेका धेरैले वडा तहमा विभिन्न दलका तर्फबाट उम्मेदवारी दिएको उनले बताए। विसं। २०५४मा स्थापित उक्त सहकारीमा दुई हजार ७६८ सदस्य आबद्ध छन् । रासस 








यसमा तपाईको मत

अन्य समाचार

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टस् प्रालिले विराटनगरमा डिलर मिट सम्पन्न गरेको छ । ...

Ncell Footer Ad