coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

दलहरुलाई ‘अन्तरघात’को डर

डोटी – संविधान सभा निर्वाचन २०७०मा डोटी क्षेत्र नम्बर–२ लाई कांग्रेसले आफ्नो पकड क्षेत्र मानेको थियो । निर्वाचन क्षेत्र नम्बर–१ को तुलनामा दुईमा आरामैसंग निर्वाचन जितिने कांग्रेसको अनुमान थियो। 

तर, पार्टीको टिकट वितरणसंगै पार्टीभित्रै व्यापक विरोध चुलियो । पार्टीले टिकट पार्टी पूर्व जिल्ला सभापति रहेका योगेन्द्र शाहीलाई दियो । पार्टीको निर्णयका विरुद्धमा पूर्व विधायक यज्ञराज पाठक लगायतका नेताहरुको टोली उत्रियो । पाठकले पार्टीको निर्णयका विरुद्ध ‘असन्तुष्टी पत्र’ नै सार्वजनिक गरे । पार्टीको चुनाबी सभामै उनले कांग्रेसलाई हराउन जनतासंग आग्रह गरे । 

अन्तिम नतिजामा नेपाली कांग्रेस पराजित भयो । कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शाहीले १० हजार ९ सय ९४ मत प्राप्त गरे । निर्वाचित भएका नेकपा एमालेका उम्मेदबार प्रेम बहादुर आलेमगरले १२ हजार ४ सय मत पाए । 

सो निर्वाचनमा पार्टीको ‘अन्तरघात’कै कारण निर्वाचन हारेको कांग्रेसले ठहर गर्याे । पार्टीको केन्द्रीय अनुशासन विभागले पाठकलाई पार्टीबाट निस्काशन समेत गर्यो । 

यतिबेला स्थानीय तह निर्वाचन भैरहेको छ । यतिबेला पनि पार्टी वृत्तमा टिकट वितरणमा उही किसिमको असन्तुष्टीका आवाजहरु उठ्न थालेका छन् । जसले उम्मेदवार तथा पार्टीभित्रमा  अन्तरघातको डर बढ्दै गैरहेको छ । ‘डोटीमा त कांग्रेस हराउने कांग्रेस नै हो । विपक्षीले कहिल्यै हराउन सक्दैनन्,’ नेपाली कांग्रेसका एक नेता दाबी गर्छन्,‘अहिले पनि सबैजसो ठाउँमा पकड देखिदै छ । तर, अन्तरर्घात भयो भने यहि हुन्छ भन्न सकिन्न ।’ 

कांग्रेसमा मात्र होईन्, कांग्रेसको मुख्य प्रतिस्पर्धीका रुपमा देखिएको नेकपा एमालेमा पनि अन्तघारघातको डर उत्तिकै छ । २०६४ सालको पहिलो संबिधान सभा निर्वाचनमा क्षेत्र नम्बर–१बाट जित निकालेको एमालेले २०७०मा फराकिलो अन्तरले पराजय भोगेको थियो । त्यसलाई अन्तरघातकै कारण हारेको भनेर टिप्पणी हुने गरेको छ । 

यसपटकको उम्मेदवार छनोटमा एमालेका अधिकांश पुराना नेताहरु असन्तुष्ट छन् । उनीहरुको आरोप नवप्रवेशी, अवसरवादी, पार्टी संगठनमा लगानी नभएका, एनजिओ/आईएनजिओमा काम गर्नेहरुलाई टिकट दिएको आरोप छ । जसले पार्टीभित्र तिव्र विवाद र असन्तुष्टी चुलिएको छ । 

यही अवस्थामा निर्वाचन हुँदा अन्तरघात हुने डर पनि रहेको एमाले वृत्तमै चर्चा चलिरहेको छ । ‘उसरी हेर्दा पार्टीको संगठन निकै मजबुत बनेको छ । हामी अरुदलको तुलनामा निकै बलियो संगठन भएको अवस्थामा छौ,’ एक एमाले नेता भन्छन्,‘तर, असन्तुष्टी भने छताछुल्ल भएको छ । यसलाई व्यवस्थापन गर्न कठिनाई देखिएको छ । जसले अन्तरघातको डर छ ।’ 

कांग्रेस –एमाले जस्तो नेकपा माओवादी केन्द्रमा अन्तरघातको डर छैन् । तर, पार्टीको कमजोर संगठनका कारण उनीहरुको अन्तरघातको फाईदा माओवादीले उठाउन सक्ने स्थिति भने छैन् । जिल्लामा नौ वटा स्थानीय तहहरुमा उम्मेदवार उठाउन समेत हम्मे–हम्मे भोगेको माओवादी अधिकांश ठाउँमा प्रतिस्पर्धामै नरहेको टिप्पणी हुने गरेको छ । जुन कुरालाई स्वयं माओवादी नेताहरु स्वीकार गर्छन् । 

यसैले अन्तरर्घातको डर भएपनि कांग्रेस–एमालेकै बीचमा प्रतिस्पर्धा रहेकाले उनीहरुकै भोटहरु ओहोर–दोहोर हुने भएकाले प्रतिस्पर्धा रोचक हुने देखिएको छ । 

 

प्रकाशित: २८ जेष्ठ २०७४ ०७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App