राजनीति र प्रशासनबाट अपेक्षा

बुधबार, ०५ साउन २०७३, ०९ : २३ गोपीनाथ मैनाली

भनिन्छ, राजनीतिबिना प्रशासन अचेत हुन्छ, प्रशासनबिना राजनीति गतिहीन । वृत्ति, अनुशासन, कार्यक्षेत्र, कार्यप्रणाली, कार्यशैली र मूल्यदर्शनमा फरक भएर पनि यी दुई वर्ग एकअर्कासँगको सहकार्यमा समान उद्देश्यका लागि परिचालित हुन्छन् । अर्को शब्दमा राजनीतिले उद्देश्य निर्धारण गर्छ, प्रशासन सो उद्देश्य पूरा गर्न क्रियाशील रहन्छ । राजनीतिले नीति कार्य र व्यवस्थापन प्रशासनले गर्छ । राजनीति र प्रशासन आ–आफ्नो कार्यक्षेत्रमा सीमाङ्कित भइकन अन्तर्सम्बन्धित हुनु शासकीय प्रणालीको वैशिष्ठ्य हो । किनकि नीति र व्यवस्थापनबीचको विभाजन निकै जटिल पनि छ । राजनीति र प्रशासनको सीमा र सम्बन्धका निर्धारण प्राज्ञिक विषयविधा मात्र नभई व्यावहारिक जटिलताको विषय हो । यी दुई वर्गबीचको सम्बन्ध र कार्यसीमा निर्धारणका लागि अमेरिकामा मौलाएको लुट प्रणाली र वेलायतमा जरा गाडेको प्रशासनिक संरक्षणवादविरुद्धको वैचारिक आन्दोलनको सफलता, शक्ति पृथकीकरणको सिद्धान्तलगायत इतिहासका थुप्रै वैचारिक घटना र अभ्यासले योगदान पु¥याएको छ ।

विल्सनको राजनीति र प्रशासनको सीमा विभाजनको सिद्धान्त प्रचलनमा आउनुअघि अमेरिकालगायतका लोकतान्त्रिक मुलुकहरुमा ‘विजेताको पक्षमा इनाम हुन्छ’ भन्ने अवधारणाले महत्व पाएको थियो जसका आधारमा राजनीतिक कार्यकारीले आफूअनुकूलको सहयोगी आफ््नो छान्ने गथ्र्याे, अर्को शब्दमा भन्दा पजनी प्रथा प्रचलित थियो । परिणामतः प्रशासन प्रशासन जस्तो भएन, राजनीतिले राजनीति गरेन । विधि निर्माण, प्रतिनिधित्व र सरकारमाथि निगरानी गर्ने आफ्नो प्रमुख काममा राजनीतिको क्रियाशीलता देखिएन भने प्रशासन पेशागत निष्ठा र व्यवस्थापनमा भन्दा पनि राजनीतिको अनुचरमात्र बन्यो, संस्थागत सम्झना र निष्पक्ष सेवा प्रवाहको प्रमुख कार्यमा उसको क्रियाशीलता देखिएन । कतिपय प्रशासनविद्का अनुसार प्रशासन व्यावसायिक संयन्त्र भन्दा ‘पोलिटिकल वारफेर’ को संयन्त्र बन्ने गथ्र्यो ।

त्यसो त प्रशासनले विधागत अस्तित्व पाएको पनि धेरै भएको छैन । प्राचीन पूर्वीय तथा पाश्चात्य राज्यकौशलको इतिहासमा प्रशासन काममा देखिन्छ तर नाममा भेटिँदैन । आरिस्टोटल (पोलिटिक्स) र म्याकियावेली (प्रिन्स) ले आआफ्ना कृतिमा प्रशासनको काम उल्लेख गरेका छन् तर प्रशासन शब्दको उल्लेख पाइँदैन । अठारौँ शताव्दीमा ह्यामिल्टनले पहिलोपटक आफ्नो पुस्तक फेडेरालिस्टमा सार्वजनिक प्रशासनको काम र कार्यक्षेत्र उल्लेख गरेका थिए । त्यस्तै प्रशासनकै विषयमा लेखिएको पहिलो किताव भने चाल्स दि बुनिनको सार्वजनिक प्रशासनको सिद्धान्त हो । इशापूर्वदेखि बुनिनसम्म आइपुग्दा प्रशासन र राजनीतिको सीमारेखा कोर्ने काम नभए पनि नामकरण भने सम्भव भयो । प्रशासन भनेको व्यावसायिक क्षेत्र हो र यो राजनीतिक प्रतिस्पर्धाको रस्साकस्सीबाट अलग रहनुपर्छ भन्ने विल्सनको ‘ पोलिटिक्स एडमिनिस्टे«सन डिकोटोमी’ सिद्धान्तले महत्व पाएपछि बल्ल प्रशासनले विधागत र कार्यक्षेत्रगत अस्तित्व पाएको हो । यस अर्थमा सार्वजनिक प्रशासनले छुट्टै पहिचान पाएको १३० वर्ष पुग्दैछ ।

विल्सनले प्रशासनलाई अलग विधा र व्यावसायिक बनाउने वैैचारिक आन्दोलन गर्दा सार्वजनिक प्रशासनका कार्यक्षेत्र र वृत्ति अनुशासन पनि उल्लेख गरेका थिए । उनका अनुसार प्रशासन भनेको कानुनको विस्तृत र व्यवस्थित कार्यान्वन हो जसका लागि प्रशासन स्वायत्त पनि छ तर नीति यसको काम होइन, न आफ्नो कार्यविधि र कार्यक्षेत्र निर्धारण नै यसले गर्न पाउँछ, यो कामचाहिँ राजनीतिको हो । विल्सनको ‘डिकोटोमी’ सिद्धान्तको व्याख्या गर्ने क्रममा प्रशासनविद् द्वेट वाल्दोले प्रशासन र राजनीतिबीचको सीमा र सम्बन्धलाई अरु वस्तुगत बनाए । उनका अनुसार राजनीतिले निर्णय गर्ने हो, प्रशासन त्यसको कार्यान्वयनमात्र गर्छ, राजनीति विचार र मूल्यबाट निर्दिष्ट हुन्छ तर मूल्यतटस्थ रहनु नै प्रशासनको मूल्य हो, त्यसैले यो तथ्यबाट चल्छ । प्रशासनको वृत्तिअवधि लामो हुन्छ, राजनीति आवधिकरूपमा जनताबाट अनुमोदित हुनुपर्छ । राजनीतिले सरकार (शासन)को नेतृत्व गर्छ भने प्रशासनले प्रणालीको । लोकप्रियतामार्फत शक्ति आर्जन गर्ने ध्याउन्नमा राजनीति लाग्छ तर प्रशासनको पहिचान नाममा होइन, काममा देखिन्छ । यति हुँदाहुँदै पनि यी दुई वर्ग यसरी जेलिएका छन् कि एक अर्कोप्रति अप्रिय बन्दा पनि एक अर्कामा अन्योन्याश्रित हुनबाट पर रहनु सम्भव छैन । व्यवस्थित समाज र शासन व्यवस्थामा यी दुई विकल्पहीन सम्बन्ध र सीमामा जेलिएका छन् । यी दुई आआफ्नो सीमा र सम्बन्धमा रहेर नै असल राज्यव्यवस्था कायम गर्न सक्छन् ।

यी दुई वर्गले एक अर्काबाट निश्चित अपेक्षा राखेका हुन्छन्, जसबिना यिनीहरुबीचको सम्बन्ध र सीमा स्वस्थ रहन सक्दैन । राजनीतिले आफनो सहयोगी संयन्त्रबाट जसरी निश्चित अपेक्षा राख्छ, प्रशासनले पनि आप्mनो अभिभावक राजनीतिक कार्यकारीबाट यस्तै अपेक्षा राखेको हुन्छ । पहिला राजनीतिले प्रशासनबाट गर्ने अपेक्षाको चर्चा गराँै । प्रशासन विज्ञ र स्थायी संयन्त्र भएकाले राजनीतिले उसबाट प्रणालीगत सूचनाको अपेक्षा गरेको हुन्छ । मन्त्री र संसद्लाई सही, सान्दर्भिक र व्यावसायिक सूचना दिइरहनु प्रशासनको कर्तव्य हो । दोस्रो, उसले राजनीतिक कार्यकारीलाई मागेको बेलामा सल्लाह दिनुपर्छ । उद्देश्यपरक, विकल्पसहित निष्पक्ष र निर्भिक सल्लाह दिनु प्रशासनको कर्तव्य हो । लोकप्रियताका आधारमा जनतामाझबाट आएको राजनीतिज्ञमा विज्ञता रहन्छ भन्ने छैन । निर्भिक र व्यावसायिक सल्लाह दिनबाट प्रशासन चुक्नुहुन्न । तेस्रो, आफूले गरेका निर्णय वा बनाएका नीति कार्यक्रम तत्काल कार्यान्वयन होस् भन्ने अपेक्षा प्रशासनमाथि रहन्छ ।

व्यवस्थापकीय प्रक्रियाबाट वा कार्यकारिणीबाट भएका निर्णयको प्रतिबद्ध र ऊर्जाशील भई कार्यान्वयन गर्ने कामबाट प्रशासन कहिल्यै विषयान्तर रहँदैन भन्ने चाहना रााखिन्छ । चौथो, प्रशासनबाट गरिएको कामको जवाफदेहिता पुष्टि होस् भन्ने अपेक्षा रााजनीतिले राखेको हुन्छ । आफूले सम्पादन गर्नुपर्ने काम, लिनुपर्ने भूमिका र प्रयोग गरेकोे अधिकार एवम् साधनका लागि विभागीय मन्त्री, संसद् र सर्वसाधारणप्रति जवाफदेही बन्नु प्रशासनको धर्म हो । पाँचौं, अपेक्षा आफूबाट जानी÷नजानी हुन लागेका गलत निर्णयमा आफूलाई सचेत गराओस् भन्नेमा रहन्छ । खास अवस्थामा राजनीतिक कार्यकारिणीबाट गलत निर्णय हुन लागेमा त्यस विषयमा शिष्टतापूर्वक सचेत गराउन प्रशासनले सक्नुपर्छ, यो उसको व्यावसायिक र नैतिक दायित्व पनि हो । तेस्रो विश्वका मुलुक, जहाँ लोकतान्त्रिक संस्कार संस्थागत भइसकको छैन, त्यहाँ यस प्रकारको दायित्व न प्रशासनले निभाएको छ, न यसरी दायित्व निर्वाह गर्ने प्रशासकहरु जोखिममुक्त नै छन् । त्यसैले प्रशासनभित्र अनुचरवाद पनि हावी देखिएको छ । अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले प्रशासन सुधारको प्रतिवेदन बुभ्mने क्रममा भनेका थिए– मलाई हस् भन्ने होइन कि नाई भन्न सक्ने प्रशासक खाँचो छ ।

प्रशासनले पनि राजनीतिबाट थुप्रै अपेक्षा राख्ने गर्छ । राजनीतिको सहयोग र प्रोत्साहनबिना प्रशासनले निरोपित भूमिका निर्वाह गर्न सक्तैन । प्रशासन सधैँ राजनीतिक प्रणालीबाट निर्दिष्ट रहन्छ र उसले गर्ने कामका सन्दर्भमा अन्तिम जवाफदेहिता राजनीतिले नै बहन गर्नुपर्ने हुन्छ । प्रशासनले काम गर्ने वातावरणको आधार पनि राजनीति हो । यसर्थ प्रशासनले राजनीतिबाट योग्यता प्रणालीको संरक्षण, वृत्ति सुरक्षा, समान व्यवहार, पर्याप्त सेवा÷सुविधा, अभिभावकत्व, कार्यप्रोत्साहन, कार्यस्वायत्तता, दिशावोध र नेतृत्व अपेक्षा गरेको हुन्छ । प्रशासकले आफूबाट सदाशयसाथ गरेका काममा हुने मानवीय गल्तीको जिम्मेवारी पनि राजनीतिक कार्यकारीबाट निर्वाह भए हुन्थ्यो भन्ने आशा गरेको हुन्छ । राजनेताहरु कुशल प्रशासकबाट राष्ट्रिय स्वार्थ र आमनागरिकका हितमा गर्ने काममा कथम् गल्ती भएमा पनि आफ्ना प्रशासकको संरक्षण गर्छन् । तेस्रो विश्वमा यस्ता उदाहरण अपवादका रूपमा रहे पनि लोकतान्त्रिक संस्कार र व्यावसायिक निजामती सेवाको सम्बन्ध यसैका आधारमा मजबुत हुने गर्छ । सरकारी नीति र निर्णयका लागि जस÷अपजसको अन्तिम जवाफदेही विभागीय मन्त्री नै हुने वेस्ट मिनिस्टर मोडेलको मान्यता हो भने पेशागत निष्ठा र विज्ञतासाथ प्रस्तुत हुनु योग्यता प्रणालीको मान्यता हो । यी दुई वर्गमा एकअर्काका अपेक्षा एकअर्काबाट पूरा हुन्छन् भन्ने विश्वासमा नै राज्यप्रणालीको वैधता र नागरिक सेवाको प्रभावकारिता पुष्टि हुन्छ । सैद्धान्तिकरूपमा निजामती प्रशासन र राजनीतिको कार्यविभाजन गरिँदै आए पनि प्रशासन र राजनीतिबीचको सम्बन्धमा केही व्यावहारिक सवाल बाँकी छन् । राजनीतिक संस्कृति विकास भइनसकेको मुलुकमा प्रशासनलाई यसका मूल्य आदर्शअनुरूप संस्थागत गर्नु अरु चुनौतीप्रद् देखिएको छ । प्रशासनिक अवधारणामा आएका परिवर्तनले पनि राजनीति र प्रशासनको परम्परागत सीमा र सम्बन्ध बदल्ने गरेको छ । चाहे जो होस्, राजनीति र प्रशासनको सम्बन्धको सार भनेको ‘नेताहरुले राज गर्ने र प्रशासकहरुले शासन’ गर्ने हो । कार्यभूमिकाको अभ्यासबाट परिमार्जित हुँदै आउँदा दिनका लागि सवल प्रणाली स्थापना गर्ने दायित्वबाट प्रशासन र राजनीति कहिल्यै पनि पन्छिन सक्तैनन्, यो उनीहरुबाट जनताले गरेको अपेक्षा हो ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad