निर्वाचन चिन्ह अंकित टिसर्ट नबाँड्न निर्वाचन आयोगको निर्देशन

शनिबार, २७ जेठ २०७४, १७ : ३४ नागरिक

काठमाडौँ- दोस्रो चरणको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचार संहिताविपरीत हुने कुनैपनि क्रियाकलाप नगर्न निर्देशन दिएको छ।

निर्वाचन आयुक्त सुधीरकुमार शाहको अध्यक्षतामा आज बसेको निर्वाचन आचार संहिता समितिको बैठकले निर्वाचन चिह्न अङ्कित टिसर्ट, टोपी, झोलालगायतका जिन्सी समान मतदातालाई वितरण नगर्न/नगराउन निर्देशन दिने निर्णय भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।
सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृत/प्रमुख जिल्ला अधिकारी तथा आचार संहिता अनुगमन गर्ने अधिकारीलाई तत्सम्बन्धमा अनुगमन गरी त्यस्ता आचार संहिता विपरीतका कार्य रोक्न पनि आयोगले निर्देशन दिएको छ ।

दोस्रो चरणमा १, २, ५ र ७ नम्बर प्रदेशका ४३ जिल्लाका ४६१ स्थानीय तहको निर्वाचन आगामी असार १४ गते बुधबार विहान ७ देखि अपराह्न ५ बजेसम्म हुनेछ ।

दोस्रो चरणको निर्वाचनका लागि धेरैजसो राजनीतिक दलले उम्मेदवार छनोट गरी निर्वाचन प्रचार सुरु गरिसकेका छन् ।

निर्वाचनमा विराटनगर र वीरगन्ज महानगरपालिका, १० उपमहानगरपालिका, १५६ नगरपालिका र २९३ गाउँपालिकाका ९० लाख ९७ हजार ५५७ मतदाताले जनप्रतिनिधि छान्नेछन् ।

निर्वाचनबाट प्रमुख/ अध्यक्ष ४६१ सोही संख्यामा उपप्रमुख एवम उपाध्यक्ष, ४०८६ वडा अध्यक्ष, सोही सङ्ख्यामा महिला वडा सदस्य र दलित महिला सदस्य र आठ हजार १७२ वडा सदस्यको चयन हुनेछ । आयोगले छ हजार ७१८ मतदानस्थल, ११ हजार ९३१ मतदान केन्द्र कायम गरेको छ। रासस

 







यसमा तपाईको मत


अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करणको अपडेट पाउने  स्मार्टफोनहरू

एन्ड्रोइडको नयाँ संस्करणको अपडेट पाउने स्मार्टफोनहरू

यहाँ विभिन्न स्मार्टफोन निर्माताहरूको कुन कुन मोडलले एन्ड्रोइडको नयाँ संस्करणको अपडेट पाउने निश्चित भएको छ भन्ने कुराको जानकारी दिईएको छ

मेगा बैंकको क्यूआर कोडमा किराना व्यवसायीहरुलाई आकर्षक अफर

मेगा बैंकको क्यूआर कोडमा किराना व्यवसायीहरुलाई आकर्षक अफर

मेगा बैंक नेपाल लिमिटेडले किराना व्यवसायीहरुका लागी आकर्षक अफर ल्याएको छ । ...

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ...

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स...

बर्जरको वेदरकोट लङ्गलाइफ

बर्जरको वेदरकोट लङ्गलाइफ

पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ । ...

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा ...

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीतका स्रष्टा आफैले गर्ने गरेका छन् । ...

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...