coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

खोटाङका सबै स्थानीय तहमा कांग्रेसको उम्मेदवार तय

खोटाङ– लामो समयपछि नेपाली कांग्रेसले खोटाङका सबै स्थानीय तहको उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेस जिल्ला कार्य समितिले सर्वसम्मत टुंगो लगाउन नसकेको उम्मेदवारको टुंगो लामो छलफल र प्रतिक्षापछि कांग्रेस केन्द्रीय समितिले शनिबार लगाएको हो । बाँकी रहेको दिप्रुङ गाउँपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार चयनसँगै दश वटै तहमा उम्मेदवारको टुंगो लागेको कांग्रेस महासमिति सदस्य बिष्णुकुमार राईले बताए।

असार १४ गते तोकिएको स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा राजनसेर राई र उपमेयरमा कान्ता बस्नेत, हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा ईवन राई र उपमेयरमा बिमला राईलाई टिकट दिएको छ। यस्तै, लामीडाँडा गाउँपालिकाको प्रमुखमा जनक कार्की र उपप्रमुखमा शोभा पाण्डे, साकेला गाउँपालिका प्रमुखमा ईच्छुराम राना र उपप्रमुखमा सरिता खड्का, दिप्रुङ गाउँपालिका प्रमुखमा भूपेन्द्र राई र उपप्रमुखमा सपना राई, जन्तेढुंगा गाउँपालिकाको प्रमुखमा खेमबहादुर खड्का र उपप्रमुखमा अनिता राईलाई उठाउने निर्णय भएको कांग्रेसले जनाएको छ । यस्तै, केपीलासगढी गाउँपालिकाको प्रमुखमा समिर राई र उपप्रमुखमा गोपी निरौला, बराहपोखरी गाउँपालिकाको प्रमुखमा शालिकराम बञ्जरा र उपप्रमुखमा पुष्पलक्ष्मी श्रेष्ठलाई उठाउने निर्णय भएको छ ।

खोटेहाङ गाउँपालिका प्रमुखमा प्रेमकुमार राई र उपप्रमुखमा उषाकला राई, ऐसेलुखर्क गाउँपालिका प्रमुखमा बिश्वनाथ निरौला र उपप्रमुखमा शान्ति राईलाई उठाउने निर्णय यसअघि नै भइसकेको छ । खोटेहाङ र ऐसेलुखर्क गाउँपालिकाको उम्मेदवार भने जिल्लामै सर्वसम्मत टुंग्याइएको थियो । एमाले र माओबादी केन्द्र लगायतले उम्मेदवारको टुंगो लगाइसकेको केही समयपछि मात्र कांग्रेसको उम्मेदवारी टुंगिएको हो । उम्मेदवार टुंगिएसँगै चुनावी गतिविधिलाई थप तिब्रता प्रदान गरिने कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले बताए ।

प्रकाशित: २७ जेष्ठ २०७४ ०८:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App