८ वैशाख २०८१ शनिबार
राजनीति

'मधेस निर्वाचनको माहोलमा छ'

वीरगन्ज- संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष लालबाबु राउत गद्दीले मधेस निर्वाचनको माहोलमा गइसकेको बताएका छन्। उनले अहिले स्थानीय तह शक्ति सम्पन्न स्थानीय सरकार भएकोले यो महत्वपूर्ण भएको बताए। ‘निर्वाचनमा नजाँदा स्रोतबाट बञ्चित हुने अवस्था हुन्थ्यो, असहमति हरु छन्, तर स्थानीय तह अवसर पनि हो,’ राउतले वीरगन्जमा शनिवार आयोजित पत्रकार सम्मेलनमा भने, ‘परिमार्जन सहितको संशोधन पेश गरेर चुनावमा जाने सहमति बैशाख ९ मा भइसकेको थियो, पछि राष्ट्रिय जनता पार्टी चुनावमा नजाने कुरा आयो,  जिल्ला तहमा दल दर्ता त राजपाले पनि गरीसकेको थियो।’

                अहिले राष्ट्रिय जनता पार्टी आफै पनि समस्यामा रहेको उनले बताए। ‘उहाँहरु बिभाजित मानसिकतामा हुनुहुन्छ, चुनावमा जाने नजाने सन्दर्भमा, सबै मधेसी जनता चुनावको बिरुद्धमा उभिएका छन् वा सबै मधेसी जनता हामीसंगै चुनावमा होमीसकेका छन् भन्नु गलत हुने छ।’ पार्टी सरकारमा जाने बारे छलफल भए पनि त्यसको कुनै निर्णय नभएको उनले बताए। नेपाली काँग्रेसका स्थानीय नेता कृष्णमोहन यादवले पार्टी परित्याग गरी शनिवार फोरम नेपपालमा प्रवेश गरेको अवसरमा फोरम नेपालले पत्रकार सम्मेलन राखेको थियो।

 

 

प्रकाशित: २७ जेष्ठ २०७४ ०८:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App