८ वैशाख २०८१ शनिबार
राजनीति

खोटाङमा कांग्रेसको उम्मेदवार तय

खोटाङ– लामो समयपछि नेपाली कांग्रेसले खोटाङका सबै स्थानीय तहको उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेस जिल्ला कार्य समितिले सर्वसम्मत टुंगो लगाउन नसकेको उम्मेदवारको टुंगो लामो छलफल र प्रतिक्षापछि कांग्रेस केन्द्रीय समितिले शनिबार लगाएको हो । बाँकी रहेको दिप्रुङ गाउँपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार चयनसँगै दश वटै तहमा उम्मेदवारको टुंगो लागेको कांग्रेस महासमिति सदस्य बिष्णुकुमार राईले बताए । 

असार १४ गते तोकिएको स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा राजनसेर राई र उपमेयरमा कान्ता बस्नेत, हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा ईवन राई र उपमेयरमा बिमला राईलाई टिकट दिएको छ । यस्तै, लामीडाँडा गाउँपालिकाको प्रमुखमा जनक कार्की र उपप्रमुखमा शोभा पाण्डे, साकेला गाउँपालिका प्रमुखमा ईच्छुराम राना र उपप्रमुखमा सरिता खड्का, दिप्रुङ गाउँपालिका प्रमुखमा भूपेन्द्र राई र उपप्रमुखमा सपना राई, जन्तेढुंगा गाउँपालिकाको प्रमुखमा खेमबहादुर खड्का र उपप्रमुखमा अनिता राईलाई उठाउने निर्णय भएको कांग्रेसले जनाएको छ । यस्तै, केपीलासगढी गाउँपालिकाको प्रमुखमा समिर राई र उपप्रमुखमा गोपी निरौला, बराहपोखरी गाउँपालिकाको प्रमुखमा शालिकराम बञ्जरा र उपप्रमुखमा पुष्पलक्ष्मी श्रेष्ठलाई उठाउने निर्णय भएको छ । 

खोटेहाङ गाउँपालिका प्रमुखमा प्रेमकुमार राई र उपप्रमुखमा उषाकला राई, ऐसेलुखर्क गाउँपालिका प्रमुखमा बिश्वनाथ निरौला र उपप्रमुखमा शान्ति राईलाई उठाउने निर्णय यसअघि नै भइसकेको छ । खोटेहाङ र ऐसेलुखर्क गाउँपालिकाको उम्मेदवार भने जिल्लामै सर्वसम्मत टुंग्याइएको थियो । एमाले र माओबादी केन्द्र लगायतले उम्मेदवारको टुंगो लगाइसकेको केही समयपछि मात्र कांग्रेसको उम्मेदवारी टुंगिएको हो । उम्मेदवार टुंगिएसँगै चुनावी गतिविधिलाई थप तिब्रता प्रदान गरिने कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले बताए । 

 

प्रकाशित: २७ जेष्ठ २०७४ ०६:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App